भिक्टोरी रेसिडेन्सियल स्कुलको अभिभावक दिवस

  • बैशाख १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरान ११ कल्याणचौकमा रहेको भिक्टोरी रेसिडेन्सियल स्कुलले बार्षिकोत्सवको अवसर पारेर प्रोत्साहन स्वरुप विभिन्न विधामा उत्कृष्ट पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

स्कुलले शुक्रबार ३५ औं बार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर कक्षाका कक्षामा टप ल्याउने विद्यार्थी,

आउट स्टेन्डिङ, हेड राइटिङ, सफा सुग्घरमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साह स्वरुप पुरस्कृत गरेको हो ।

धरान उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यमा सम्पन्न ३५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको स्कुलका अध्यक्ष विनोदकुमार राईले बताए ।

राईका अनुसार, बार्षिक परीक्षामा उत्कृष्ट नम्बर ल्याएर टप बनेका सिनियर टपर बन्न सफल विद्यार्थी र जुनियरतर्फ बाट उत्कृष्ट नम्बर ल्याएर उत्तीण भएका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

पढाइका अलवा स्कुलमा बर्षभरिमा सबैभन्दा बढी उपस्थित हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

यसैगरी आउट स्टेन्डिङ विधामा पनि विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 

यसैगरी उत्कृष्ट हेन्ड राइटिङ विधामा पनि स्कुलले पुरस्कृत गरेको थियो ।

उनीहरुलाई प्रमुख अतिथि धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमा राई, लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै धरान ११ वडाध्यक्ष फागोले यो विद्यालय अन्य विद्यालयभन्दा पृथक भएको पाइएको बताए ।

नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत अगाडि रहेकोे बताए ।

उनले विद्यार्थीलाई प्रोत्साहन गर्न कक्षा टपदेखि अन्य विधामा पुरस्कृत गरेर विद्यार्थीहरुको हौसला बढाउने काम गरेको बताए ।

तस्बिरहरू :IMG_20240412_122159 IMG_20240412_121318 IMG_20240412_121605 IMG_20240412_123840 IMG_20240412_121640 20240412_123443 IMG_20240412_124556 20240412_125345

20240412_125337

 

 

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved