सप्तकोशी क्याम्पसलाई दियो वराहक्षेत्र नगरपालिकाले कलेज बस  संगम बिस्ट

  • चैत्र १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा रहेको एक मात्र बहुमुखी क्याम्पस 

 सप्तकोशी बहुमुखी क्याम्पसलाई नगरपालिकाले कलेज बस उपलब्ध गराएको छ ।

नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेटमा क्याम्पसलाई बस उपलब्ध गएको हो ।

उक्त बसको चाबि सोमवार बिहान नगर प्रमुख रमेश कार्कीले क्याम्पस सञ्चालन समितिकि अध्यक्ष शुशिला खनाल पौडेललाइ हस्तान्तरण गरेका थिए । 

बस हस्तान्तरण कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , क्याम्पस प्रमुख शुशिल कोईरला ,

क्याक्पस सञ्चालन समितिका पदाधिकारी , सल्लाहकार,  सदस्यहरु , प्रध्यापक तथा बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

 बस खरिदका लागि प्रत्येक वडाहरूबाट २/२ लाख गरेर २२ लाख र नगरपालिकाबाट १२ लाख रकम विनियोजन गरिएको थियो ।

वस क्याम्पसले आफै बोलपत्र आव्हान गरेर खरिद गरेको क्याम्पस प्रमुख कोइरलाले बताए ।

उच्च शिक्षा लिन धरान, इटहरी, इनरुवा जानू पर्ने बाध्यतालाई हटाउन मधुवन, प्रकाशपुर, भरौल र चतराका विद्यार्थीहरूलाई क्याम्पस आउन सहजताका लागि क्याम्पसलाई  बस उपलब्ध गराएको नगर प्रमुख कार्कीले बताए ।

क्याम्पसमा प्राबिधिक शिक्षा लगाएत गुणस्तरिय शिक्षाकालागि नगरपालिकाले सहयोग र बनाइ  राखेको नगर प्रमुख कार्कीको भनाई छ ।

शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पसमा प्राविधिक विषय सहितको डिग्री क्याम्पस बनाउने योजना र चतरामा रहेको वराह आदर्श क्याम्पसमा विश्व विद्यालयबाट अनुदान व्यवस्थापन र विद्यार्थीहरूलाई आकर्षित गराउने योजना बनाई राखेको नगर प्रमुख कार्कीले बताए ।

वडा नं ७ स्थित नगरपालिकामा रहेको एक मात्र बहुमुखी सामुदायिक क्याम्पसमा पूर्व मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्कीको पहलबाट भारतीय राजदूतावासको सहयोगमा प्राप्त क्याम्पसको आफ्नै बस रहेको छ भने एउटा बस भाँडामा लिएर सञ्चालन गरी राखेको थियो ।

 

 

 

 

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved