दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि प्रशान्त र जुहिलाई "बिकास चाम्लिङ राई"

  • चैत ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धरान १८ न. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिवार आयोजित दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ र भोजपुरकी जुहि राईले जितेकी छन ।

पुरुष तर्फका उपाधि विजेता प्रशान्त तामाङले ३१ मिनेट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनेट ५४ सेकेन्डमा दौड पुरा गर्दै उपाधि जितेका थिए ।

विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त यहि फागुन १२ गते संपन्न १२ औ धरान १० किलोमिटर रन प्रतियोगिताका उपविजेता समेत हुन ।

महिला तर्फका विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनि पनि १० किलोमिटर रन प्रतियोगिताका १६ वर्ष मुनिका विजेता खेलाडि हुन । जुहि भोजपुरवाट प्रतियोगितामा भाग लिनकै लागि आएकी हुन ।

यसै गरि पुरुष तर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो वने । महिला तर्फ इन्द्रकला नेम्वाङ निक्की दोस्रो र सिर्जना राई तेस्रो वने । दोस्रो र तेस्रो उपाधि विजेता महिला पुरुष खेलाडिहरुले क्रमशः जनहि नगद १० ,हजार, ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

चोथौ, पाचौ, छैठौ र सातौ हुने पुरुष र महिला दुवै तर्फका खेलाडिहरुलाई धरान सस्तो मम पसलका प्रोपराइटर निर राईले जनहि एक एक हजार रुपैया प्रदान गरेका थिए ।

चौथो, पाचौ, छैठौ र सातौ हुने खेलाडिहरुमा क्रमश पुरुष तर्फ समिर कन्दङवा, विशाल राई, रोदन राइ, एन्जल राई र महिला तर्फ कल्पना राई, जुलिन राई, छेन्वीमाया राई र विनिता राई भए ।

विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष महेन्द्रकुमार राई, १ न. प्रदेश माननिय मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्वर तिम्सिना, २० नं वडाअध्यक्ष पदम लिम्वु, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, धरान १८ वडासदस्य दिलकुमारी राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

जिवित विर गोर्खा सैनिकको सम्मानमा संपन्न दौड प्रतियोगिता धरान १८ स्थित रत्न चौक वाट सुरु भएको थियो ।

चौक वाट सुरु भएको दौड मंगलवारे, सर्दु पुल, भन्ज्याङ हुदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो । रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लावाट ६ सय जना भन्दा वढिले सहभागिता जनाएको थियो ।

रन सुरु हुनु अघि १ न. प्रदेश माननिय विजय राई, माननिय मिना श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्वर तिम्सिना, समाजसेवि एवं नेपाली कांङग्रेस महासमिति सदस्य सुवास राई र इलाका प्रहरी कार्यलय प्रमूख नवराज मल्ललाई किराति संस्कार अनुसार फेटा गुथेर सम्मान गरिएको थियो ।

उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष महेन्द्रकुमार राई, कार्यक्रम संयोजक धरान १८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण र धरान उपमहानगरपालिका पुर्व मेयर तिलक राईले फेटा वाधिदिएका थिए ।

दौड प्रतियोगिता संचालनका लागि प्राविधिक सहयोग धरान रन संस्थाले गरेका थिए ।

पत्रकार महासंघ अध्यक्षले उल्टो गतिमा दौडिए

दोस्रो गोर्खा ट्रेल रनमा नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईले उल्टो गतिमा कुदेर दौड पुरा गरेका छन ।

उनले नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण वहादुर श्रेष्ठको इतिहास मेटने प्रयास गरेको वताउदै विरोध स्वरुप उल्टो कुदेर दौडमा भाग लिएको वताए । उनले १ घण्टा ४० मिनेटमा दौड पुरा गरेका थिए ।

महासंघ केन्द्र कमिटि उल्टो गतिमा कुदिरहेको छ । साङकेतिक विरोध जनाउदै उल्टो कुदेर महासंघ केन्द्र कमिटिलाई ध्यानकर्षण गराएको राईले वताए । महासंघ केन्द्र कमिटिले केहि समय अघि महासंघका अध्यक्षहरुको जिवनी समेटिएर “अग्रज अनुहार” पुस्तक तयार पारेको थियो ।

पुस्तकमा संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठको वारे पुस्तकमा कतै उल्लेखै नगरि अन्यलाई संस्थापक अध्यक्षको रुपमा प्रस्तुत गर्दै इतिहास मेट्ने प्रयास गरेपछि पुस्तक लोकापर्णको दिन लोकापर्ण हुन अघि नै नेपाल आदिवासी जनजाति पत्रकार महासंघले विरोध गदै पुस्तक च्यात्दै कार्यक्रम विथोलेका थिए ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved