विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य शिविर

  • चैत ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ परिवर्तनका लागि सामाजिक अभियानले विगत ३ वर्षदेखि धरानका विभिन्न वडाहरुमा निःशुल्क सामाजिक स्वास्थ्य शिविरको आयोजना गर्दै आईरहेको छ । 

जेष्ठ नागरिकहरुका लागि आयोजित यस शिविरमा विशेष गरि मुटु, मधुमेह र रक्तचापका विरामीहरुको स्वास्थ्य परिक्षण गर्ने गरिन्छ ।

वरिष्ठ मुटु रोेग विशेषज्ञ डा. प्रशान्त शाहले परिक्षण गर्ने यस क्लिनिकमा निःशुल्क रुपमा सुगर परिक्षण र औषधि वितरण गर्ने गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

“हामीले बुवाआमाको सुस्वास्थ्य र दीर्घायुको निम्ति विगत ३ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरिरहेका छौं ।” बरालले भने ।

शिविरमा बिरामी हुनुभन्दा रोग लाग्न नदिन विशेष गरि खानपान सम्बन्धमा डाक्टर शाहले सुझाव दिने गरेको समेत बरालले बताए ।  

पाक्षिक रुपमा आयोजना हुने यो शिविर धरानका वडाहरु र सामाजिक संस्थाहरुसँग सहकार्य गर्ने गरिन्छ ।

यसै गरि शनिबार चैत्र ३ गते धरान रेडिमेट व्यापार संघको सहकार्यमा निःशुल्क सामाजिक स्वास्थ्य शिविरको ५४ औं संस्करण सम्पन्न भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको भवनमा आयोजित यस कार्यक्रममा ९५ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको कार्यक्रम संयोजक सुशिर बरालले बताए । 

वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स उषा चौधरी र स्वेता भण्डारीले रक्तचाप र सुगर परिक्षण परिक्षण गरेका थिए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शिविरको समापन कार्यक्रममा धरान रेडिमेड संघका अध्यक्ष ज्ञानशोभा शाक्यले यस्तो प्रकारको कार्यक्रममा सहकार्य गर्न पाएकोमा सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिईन ।

उक्त कार्यक्रममा मोहन श्रेष्ठ, वर्षा श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved