२४ औ बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

  • चैत ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  न्यू रोड क्लब (एनआरटी) २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको च्याम्पियन बनेको छ। 

धरान रंगशालमा शनबिार भएको फाइनल खेलमा मोरङ फुटबल एशोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी दोस्रो पटक च्याम्पियन बनेको हो ।

एनआरटी १० औ सस्करणको बिजेता हो । उपाधी जितेको एनआरटीले रनिङ ट्रफीसहित नगद १० लाख रुपैया हात पारेको छ ।

पहिलो पटक फाइनलमा पुगेको मोरङ उपबिजेतामा चित्त बुझाउदै नगद ५ लाख रुपैया प्राप्त गर्‍यो १ निर्धारित ९० मिनेटको खेलमा एनआरटीका बिदेशी खेलाडी अफिज ओलावालेले सुरुवाती ७ औ मिनेटको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

अफिजले रोशन रानाको पासमा गोल गरेका थिए १ निकै प्रतिस्पर्धात्मक खेलको यस्तै ४४ औ मिनेटमा उमेश कार्कीले गोल गर्दै पहिलो हाफ सकिदा सम्म मोरङ्ले खेललाई बराबरिमा ल्याएको थियो ।

खेलको ५१ औ मिनेटमा एनआरटी का सरोज तामाङले गोल गर्दै ईतिहास रच्ने दाउमा रहेको मोरङलाई स्तब्ध बनायो ।

खेलको सर्बोक्रिस्ट खेलाडी एनआरटीका सनम लिम्बु घोसित हुँदै नगद १ लाख रुपैया हात पारे १ हाइस्कोरर एनआरटी ओफिज ओलावाले र सरोज तामाङसंगै मोरङका उमेश कार्की घोसित हुँदै नगद ३५ हजार रुपैया प्राप्त गरेका थिए ।

यस्तै, बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्टाइकर एनआरटीका शिसिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ,

बेस्ट गोल किप्पर एनआरटीका पुजन होना, बेस्ट कोच एनआरटीका जीवन सिन्खेमना घोसित हुँदै जनही नगद २५-२५ हजार प्राप्त गरे ।

खेलको म्यानअफ दि म्याच एनआरटीका पदम भट्टराई घोसित हुँदै नगद १० हजार पाए ।

धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गतेदेखी सुरु भएको प्रतियोगितामा शहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च बोइजसहित ८ टिमको सहभागिता रहेको थियो १

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved