काँग्रेस अव कडा प्रतिपक्षी – डा शेखर

  • फागुन ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री हुन नदिएको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्वीकार गरेका छन् ।

मंगलबार विराटनगरमा गुराँस पुस्तकालयको ५४ औ वार्षिक उत्सव कार्यक्रममा उनले आफूले नै माओवादीलाई कोशी प्रदेशमा मुख्यमन्त्री हुनबाट रोकेको दाबी गरे ।

यस अघि गठबन्धन फेरेका प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा काँग्रेसले हुन नदिएको आरोप लगाएका थिए । त्यसको जवाफमा कोइरालाले पनि आफूले नै माओवादीको मुख्यमन्त्री हुन नदिएको दाबी गरे ।

तत्कालीन सत्ता गठबन्धनले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । शीर्ष नेताहरूको निर्णय विरुद्ध विद्रोह गर्दै उनी निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले भने, ‘प्रचण्डको सरकारमा हामी पनि थियौँ, उहाँले हठात् नेपाली काँग्रेसलाई भए नभएको कुरा गरेर कपोलकल्पित आरोप लगाएर जानुभयो । काँग्रेसले कोशीमा मुख्यमन्त्री नदिएको समेत भन्नुभयो’ ‘मै हो नदिने, हाम्रा नेताहरूले त लेउ तिम्रै सरकार बनाऊ भनेर त भनेकै हो ।

मैले हुँदैन भने, नेपाली काङ्ग्रेसकै नेतृत्वमा हुनुपर्छ भनेर भने ।’

राष्ट्रिय सभा निर्वाचनमा माओवादीकी उम्मेदवार हारेपछि त्यसको दोष पनि प्रधानमन्त्री दाहालले काँग्रेसलाई लगाएकोमा असन्तुष्ट पोखे ।

उनले भने, ‘जित्न नसक्ने अनि हामीले हरायौँ ? त्यस्तो पनि कहीँ हुन्छ ?’ उनले मुलुकको लोकतन्त्र अझै सुदृढ बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

कोइरालाले अहिले राजनीतिक उथलपुथल देखिएको र सुदृढ लोकतन्त्रको अभावमा धेरै विकृति विसङ्गति पनि आइरहेको बताए ।

उनले राजनीतिकमा नैतिकता र संस्कारको खडेरी पर्दै गएको बताए । उनले गठबन्धन फेरिएको सरकार राम्रो चालोस् भन्दै शुभकामना दिए ।

तर राणा र राजासित लडेको काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिए । संसद्मा काँग्रेस कडा विपक्षीको भूमिकामा देखिने बताए ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved