मोरङ फुटबल एशोसियसन २४ औ बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रबेश

  • फागुन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाच पटकको सर्बाधिक बिजेता बिभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्द ३ गोलले पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रबेश गरेको हो !

खेलको ७० औ, ८० औ र दोस्रो हाफको इन्ज्युरी समयमा मोरङ्ले तीन गोल गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो !

खेलको पहिलो हाफ गोलरहित खेलेपनी ७० औ मिनेटमा मोरङका लागि महेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए !

८० औ मिनेटमा मोरङले पाएको पेनाल्टिलाई उमेश कार्कीले गोल गरेका थिए !

पुलिसका सन्जिब लामाले मोरङका मौसम लिम्बुलाई पेनाल्टी एरियामा लडाएपछी मोरङ्ले पेनाल्टीको अबसर पाएको थियो ! दोस्रो हाफको इन्जुरी समयमा मोरङका सुशिल राईले गोल गर्दै मोरङ्ले पुलिस बिरुद्द फराकीलो जित निकाल्यो !

निक्कै आक्रमक प्रस्तुत भएको पुलिस दोस्रो हाफको इन्ज्युरी समयमा १० जनामा सिमित भएको थियो !

पुलिसका हेमन्त श्रेष्ठले मोरङका खेलाडीसँग झगडा गरेपछी रेड कार्ड पाउदै खेलबाट बाहिरिएका थिए ! मोरङ्ले अब आयोजक धरान फुटबल क्लबसँग फाइनलको लागि प्रतिस्पर्धा गर्ने छ् !

खेलको म्यानअफ दि म्याच मोरङका उमेश कार्की घोसित हुँदै नगद १० हजार पाए !

भोली मंगलबारको अन्तिम क्वाटरफाइनल खेल लिग च्याम्पियन चर्च बोइज युनाइटेड र काकरभिटा फुटबल ट्रेनिङ सेन्टर झापा बिच हुने आयोजकले जनाएको छ !

चैत्र ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved