केन्द्रमा गठबन्धन भत्किएसँगै कोशी प्रदेशमा समेत समस्या

  • फागुन २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

मोरङ/  केन्द्रीय गठबन्धनबाट नेपाली काँग्रेसलाई छाडेर एमालेसहितको गठबन्धनको सरकार बनेपछि त्यसको असर कोशी प्रदेशमा समेतै देखिएको छ ।

केन्द्रीय गठबन्धनको प्रमुख घटक एमालेका प्रमुख सचेतक अधिवक्ता समेत रेवतीरमण भण्डारीले केन्द्रको समिकरण भत्किएसँगै कोशी प्रदेश सरकारको हैसयित समेत समाप्त भएको बताएका छन् ।

उनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन् ।

्तीन महिना अगाडि नेपाली काँग्रेसका २९ जना सांसदमध्ये ८ जना सांसद लिएर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्य मन्त्री बनेका कार्कीले केही दिनमै विश्वासको मत लिएपश्चात एमालेको साथ छोडी केन्द्रीय गठबन्धन दलको निर्देशन अनुसार मन्त्री मण्डल विस्तार गरेका थिए ।

तर हाल केन्द्रीय गठबन्धनको समीकरण परिवर्तन भएपछि सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीलाई नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने–‘केन्द्रमा सत्ता समीकरण पल्टिएको छ, कोशी प्रदेशका मुख्यमन्त्रीले नैतिकताको आधारले राजीनामा गर्नुपर्छ ।’

उनले कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले पहिला जुन गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेका थिए अब त्यो गठबन्ध नै नरहेको बताउदै बताउदै नैतिकताको आधारमा मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने उनको अडान छ ।

उनले भने–‘सत्ता गठबन्धन भत्किएपछि उनी अल्पमतमा परिसकेका छन्, अल्पमतमा परेको व्यक्तिले सरकारको नेतृत्व गर्न नैतिकताले पनि दिँदैन ।’

उनले राजीनामा दिएपछि कोशी प्रदेशमा केन्द्रको वर्तमान गठबन्धन अनुसार नयाँ सरकार बन्ने बताए ।

उनले विकल्प हुँदाहुँदै संसद विघटन गर्न नमिल्ने बताएदै अन्य दलको नेतृत्वमा सरकार बन्ने निश्चित रहेको बताए ।

उनले भने– ‘कोशी प्रदेशमा सबैभन्दा ठूलो दल एमाले हो । एमालेमा ४० जना मध्ये एक जना उपसभामुख रहेकोछ ।

वर्तमान राजनैतिक समीकरणमा अनुसार माओवादीका १३ र जसपाको एक जना सांसद छन् । सरकार बनाउन ४७ जना सांसदको वहुमत एमालेसँगमात्र छ ।’

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved