वी पी प्रतिष्ठानमा विवाद समाधान छ बुँदे सम्झौता पछि सेवामा फर्किए

  • माघ २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विगत २७ दिन देखि भद्र अवज्ञा गर्दै आन्दोलनमा रहेका वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र व्यवस्थापन पक्ष बिच ६ बुँदे सहमति भए पछि चिकित्सक र कर्मचारीहरु काममा फर्किएका छन् ।

प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कर्मचारी समाज संयुक्त संघर्ष समिति बीच शनिबार पुनः वार्ता बसेपछि ६बुँदे सहमति भएको हो प्रतिष्ठानको व्यवस्थापन पक्षसँग वार्ता सौहार्दपूर्ण भएअनुरुप नै सहमति भएकाले शनिबारनै ३ बजे देखि सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरि काममा फर्किएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए ।

सहमतिपत्रमा कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्की, शिक्षाध्यक्ष प्रा.डा. सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले हस्ताक्षर गरेका छन् ।

सहमतिमा पुष २० तथा माघ २५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापन बमोजिम शुरु भई स्थगित रहेको अन्तर्वार्ता फागुन ६ गते सोमबार बाट शुरु गरि संलग्न तालिका बमोजिम सम्पन्न गर्ने र अन्तर्वाता समाप्त भएको १ हप्ता भित्र सार्वजनिक गर्ने सम्झौता भएको छ ।

त्यसै गरि भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरु प्रति प्रतिष्ठान व्यवस्यापन पक्षबाट पूर्वाग्रह राखि कुनै पनि प्रकारको कारवाहि नगर्ने\नगराउने, भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनि झमेला आईपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने, वर्तमान परिस्थितिका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई गम्भिरतापूर्वक मनन् गर्दै तत्कालै पठनपाठन सुचारू गर्ने र त्यसवाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनिकरण गरिने ।

साथै भविष्यमा पठनपाठनको कार्यमा असर पुग्नेगरि कुनै गतिविधि नगर्न नगराउन सबै सरोकारवाला पक्ष प्रतिबद्ध रहने, शिक्षक तथा कर्मचारीहरुको जारी भद्र अवज्ञा आजकै मितिवाट स्थगित गरि आ–आफ्नो नियमित कार्यमा संलग्न हुने, विद्यार्थीहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरि नियमित पठनपाठनमा सहभागि हुने लेखिएको छ ।

माघ २९ गते वीपी प्रतिष्ठानको संचालक परिषद (सिनेट)को बैठक तोकिएको छ । सहमती पछि रजिष्ट्रार प्रा.डा. सुर्यप्रसाद संग्रौलाले बढुवाको अन्तर्वार्ताको तालिका फागुन ६ गते प्रकाशन गर्न दिइसकेको बताए ।

उनले भने, ‘प्रतिष्ठानको शुक्रबार राती सम्पन्न कासको बैठकले अन्तर्वार्ता फागुन ६ गतेदेखि स्थायी र करार दुवैको शुरु गर्ने निर्णय गरेको छ । आइतबारदेखि पठनपाठन र परीक्षालाई निरन्तरता दिने शिक्षाध्यक्ष प्रा.डा. शर्माले बताए ।

उनले भने, ‘लामो समय रोकिएका पठनपाठन र परीक्षाको सेड्युल बनाउन डिनलाई भनिसकेको छु ।’

यता संयुक्त संघर्ष समितिले पनि शनिबारनै विज्ञप्ती जारी गरि हाम्रो माग पुरा गर्ने सम्वन्धमा सहमति भैसकेको हुनाले आजैका मितिदेखि भद्र अवज्ञाका सम्पूर्ण कार्यहरु स्थगित गरि नियमित कार्यमा फर्कने जानकारी गराएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘हाम्रो वृत्तिविकासको जायज माग पुरा गराउने सन्दर्भमा साथ दिने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थि, कार्यकारिणी समितिका सदस्यज्यूहरु, संचालक समितिका सदस्यज्यूहरु लगायत प्रतक्ष÷अप्रतक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।’

विज्ञप्तीमा कर्मचारी कल्यणकारी समाजका महासचिव मुकेश कुमार साह र शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानको हस्ताक्षर रहेको छ ।

उच्च अदालतको आदेश पछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेर फागुन ६ गतेदेखि बढुवाको प्रकृया सुरु गर्ने निर्णय गरेको थियो ।

तर आन्दोलनरत पक्षसँग कामु उपकुलपति प्रा.डा. कार्कीले निर्णायक वार्ता नगरेपछि शिक्षक चिकित्सक र कर्मचारीहरु पूर्ण विश्वस्त हुन सकेका थिएनन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved