धरान–साँगुरीगढी पदमार्ग विस्तारको तयारी

  • माघ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान पर्यटकीय क्षेत्र हो । पर्यटन प्रवद्र्धनका लागि धरानमा धेरै प्रयासहरु भएकाा छन् ।

यसै क्रममा धरानके ऐतिहासिक पैदल बाटोको रुपमा लिइएको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न थालिएको छ ।

धरानमा पर्यटक भित्रयाउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको हो ।

ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित गर्न थप विस्तारको तयारीमा लागिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

अघिल्लो वर्ष धरान–१३ स्थित आरा धरानदेखि सर्दु खोला पारीसम्म पदमार्ग निर्माण गरिएको थियो ।

सडकमा ढुंगा बिछ्याउँदै सर्दु खोला पारीसम्म पदमार्ग निर्माण सकिएको छ ।

अघिल्लो आर्थिक वर्षमा कुल ९७ लाख बजेट आएको र बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको थियो ।

२८ लाख ५१ हजार ८ सय र २० प्रतिशत श्रमदानमार्फत् सो पदमार्ग बनेको थियो । पदमार्ग निर्माणको लागि संघीय सरकारको बजेट, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईबाट बजेट आएको हो ।

राष्ट्र एकीकरणताका पृथ्वीनारायण शाहका सेनाहरुले प्रयोग गरेको धरानदेखि साँगुरीगढीसम्मको बाटोलाई पदमार्गका रुपमा प्रयोग गर्ने र पर्यटक भित्र्याउन थप पदमार्ग विस्तार गरिने मेयर साम्पाङले जानकारी दिए । उनका अनुसार हाल संघीय सरकारले ५० लाख रुपैयाँ पठाइदिएको छ ।

उनले बजेट आइसकेपनि निकै गाह्रो रहेको बताए । ‘५० लाख रुपैयाँ खातामा आइसकेको छ, स्टिमेट बनाउँदैछौं, टेण्डरबाट बनाउन खोज्दैछौं, कसैले त गर्छ होला, गरेन भने त्यही हो श्रमदानमार्फत् भएपनि बनाउँछौं ।’

उनले ४२ लाख पनि आउने सम्भावना रहेको र ९२ लाखमा सो पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।

यो गढी प्रसिद्ध पर्यटकीयस्थल भेडेटारबाट २.३ किलोमिटर पश्चिमतर्फ पर्छ भने धरानदेखि करिब साढे ६ किलोमिटरको छ ।

करिब २ घण्टा बढीको समय लाग्ने प्राकृतिकरूपमा वन–जंगलका साथै पहाडी तथा तराई क्षेत्रको समेत अवलोकन गर्न सकिने भएकाले यसले पर्यटक तान्न सक्ने विश्वास लिइन्छ ।

यो गढी निर्माण गर्दा धरानको तामाखाम क्षेत्रको ढुंगाहरु लस्करै सेना राखेर लगिएको थियो ।

अहिले पनि गढीमा ती ढुंगाहरु सुरक्षित नै छन् । युद्धमा पराजित हुन नसकेका लिम्बू राजाहरुसँग तत्कालीन शाह राजाले अरुण पूर्व लिम्बुवान भूमिलाई वि.स. १९३१ साउन २२ गते सम्झौता गरी नेपालमा विलय गरेको इतिहास छ ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved