नेपालमा स्तन क्यान्सर अत्याधिक देखिन थालेको चिकित्सकको भनाई

  • माघ २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ महिलाहरुलाई पछिल्लो समय स्तन क्यान्सरको समस्या अत्याधिक देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै चिकित्सकहरुले हेलचेक्र्याई नगर्न सुझाव दिएका छन् ।

लियो क्लब अफ घोपाको आयोजनामा धरान १७ को स्वास्थ्य केन्द्रमा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा चिकित्सकले यस्तो सुझाव दिएका हुन् ।

स्तन क्यान्सर विशेष गरेर महिलामा हुने रोग हो । यो रोग लागेपनि धेरै महिलाहरुलाई रोगको विषयमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको छ ।

तर शुरुमै यसको उपचारसँगै आत्मबल बढाउन सके यो रोग सामान्य भएको चिकित्सकरुले बताएका छन् ।

सो अवसरमा बोल्दै स्तन रोग विशेषज्ञ डा. शारदा खड्काले समयमै जाँच गराउन नसक्दा महिलामा स्तन क्यान्सरको खतरा बढ्दै्र गएको बताइन् ।

उनले लक्षण देखिसक्दा पनि महिलाहरु मलाई केही भएको छैन भन्दै उपचारमा नआउने गरेका कारण समस्या बल्झिदै गएको बताइन् ।

उनले स्तन क्यान्सर हुदा के के लक्षणहरु देखिन्छन् भन्ने कुराको विषयमा सहभागीहरुलाई जानकारी गराइएकी थिइन् ।

उनका अनुसार बीपीमा २ बर्षमा २ सय जना स्तन क्यान्सर भएका विरामीहरुको उपचार भएको छ भने यो संख्या पछिल्लो समय बढ्दै्र गएको छ ।

विश्वमा २५ प्रतिशत महिलामा स्तन क्यान्सर भएपनि नेपालमा भने १७ प्रतिशत क्यान्सरका रोगीहरु रहेको तथ्यांक रहेको डा. खड्काको भनाई छ ।

यस विषयमा डा. खड्काले स्वास्थ्य केन्द्रमा भएका स्वयम् सेविकाहरुलाई पनि यो रोग थाहा पाउने र समाधान गर्ने उपायका विषयमा जानकारी गराउनु भएको थियो ।

वडामै आएका विरामीहरुहरुको अवस्था बुझ्न यसले सहज बनाएको स्वयम्सेविका रञ्जु भण्डारीले जानकारी दिइन् ।

विशेष गरेर खानपान, शारीरिक व्यायामलाई जोड दिन सके स्तन क्यान्सबाट बच्न सकिने जानकारी सहभागी महिलाहरुलाई गराइएको थियो । कार्यक्रममा ५० जना भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

नेपालमा बर्षेनी २६ हजार क्याम्सरका विरामी थपिने गरेको तथ्यांक छ ।

डा. खड्काका अनुसार प्रतिष्ठानमा उपचारमा आएका १ सयजनामध्ये सरदर ६ जनामा क्यान्सर देखिएको छ ।

क्यान्सरको पहिलो वा दोस्रो चरणमै उपचार गर्न सके यो रोग निर्मुल हुने भएकोले हेलचेक्र्याई नगर्न चिकित्सकहरुले सुझाएका छन् ।

स्तन क्यान्सर सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा बढी पाइएको छ । सचेतनाका कमी आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरुमा उपचारको पहुँच नपुगेको हो ।

 

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved