सुमेधा वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट १० जना फाईनलमा प्रवेश

  • माघ १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ र्‍याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको बुधबार भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेश गरेका छन।

फाईनलमा प्रबेस गर्नेहरुमा धरान उच्च का स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिका नमुना मा.बि. का अनुस्का राई, यु.एन. नबोदयका स्नेहा निरौला र शितल अधिकारी रहेका छन। यसैगरी मेघा–हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदन मा.बि. का जेनिसा राई,

चन्द्र संस्कृत मा.बि. का सृजन खतिवडा र ऋषि राज गौतम र ज्ञानोदय मा.बि. का अनिशा कार्की फाईनलमा प्रवेस गरेका छन।

धरान–१३ स्थित वडा कार्यालय परिसरमा रहेको वडा बाल सन्जालको हलमा भएको कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले प्रमुख अतिथि थिए।

सहभागिहरुले सामाजिक सन्जालको प्रयोगले नेपाली समाजमा पारेको प्रभाव शिर्षकमा बोलेका थिए।प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही र सहिद मा.बि. धरानका शिक्षक टन्क भट्टराई रहेका थिए।

बिद्यार्थीहरुको आत्माविश्वासमा वृद्धि गरि नेतृत्व र ब्यक्तित्व बिकास गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

फाईनल प्रतियोगिता आगामी माघ–१६ गते सहिद दिवसका दिन हुने आयोजकले जनाएको छ

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved