मुख्यमन्त्री केदार कार्कीद्वारा सय दिनको उपलब्धि सार्वजनिक

  • माघ ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेशमा सर्वसम्मत सभामुख चयन भएको विषयलाई समेत उपलब्धि मानेका छन् ।

उनले भने, ‘प्रदेशमा राजनीतिक स्थिरताका लागि लामो समयदेखि नेतृत्वबिहिन बनेको प्रदेशसभामा सहमतीय संस्कार अनुसार सभामुख सर्वसम्मत निर्वाचित गरी जनताको आवाज मुखरित गराउन सफल भएका छौँ ।’

विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्रको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रस्टसँग सम्झौता,

प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चार वटा निजी अस्पतालबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु लगायतका विषयलाई उनले सय दिनको उपलब्धिमा राखेका छन्  ।

यस्तै प्रदेशको नामकरण भएदेखि आन्दोलनरत पहिचान पक्षधरको समस्य
समाधानका लागि वार्ता समिति गठन भएको विषयलाई समेत सफलताको रूपमा लिएको मुख्यमन्त्री कार्कीले बताए ।

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved