अन्तर्वार्ता नभए पछि वीपीका चिकित्सकहरु पुनः आन्दोलित

  • पुस २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु पुनः आन्दोलित भएका छन् ।

गत कार्तिक २० गतेको सहमति अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारू नभए पछि शिक्षक चिकित्सकहरु आजदेखी पुनः आन्दोलित भएका हुन् । शिक्षक कल्याण समाजको अगुवाइमा मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडी घेराउ गरेका छन् ।

बुधबार (आज) पनि बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडि घेराउ गर्ने समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिए ।

यसैगरी, ४८ घण्टाभित्र पनि अन्तर्वार्ताको तालिका प्रकाशित नभए पुष २६ गतेदेखि विगतमा स्थगित पठनपाठन र परिक्षाका बहिष्कार लगायत पुर्ववत आन्दोलन अनुसार जिम्मेवारी बहिस्कार गर्ने पनि समाजले जनाएको छ ।

साथै, पुष २८ गतेसम्म तालिका प्रकशन नभए २९ गतेदेखि ईमर्जेन्सी, आईसियु, एनआईसियुबाहेक सम्पुर्ण सेवाहरु बहिस्कार गर्ने समाजले घोषणा गरेको छ ।

यसअघि कार्तिक २० गते व्यवस्थापनसङ्ग भएको सम्झौता वमोजिम पुस २ गते सुरु गरि १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ मन्त्रीको सहमति लिइ बाकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो ।

हाल लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीले अनुमति दिए पनि अन्तर्वार्ता सुचारु नभएको समाजको भनाइ छ ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved