विद्युत कटौती प्रति विराटनगरका तिन उद्योग संगठनको आपत्ति

  • पुस २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन नै ठप्प हुनेगरी विद्युत लाईन काटिएको सम्वन्धमा विराटनगरका तिन वटा व्यवसायीक संगठनहरुले आपत्ति जनाएका छन् ।

विराटनगरका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै उद्योगहरुको विद्युत आपुर्ति काटिएकाले ध्यानाकर्षण भएको जनाएका छन् ।

उद्योगहरुमा विद्युत आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला ? विज्ञप्ती मार्फत प्रश्न गरेका छन् ।

विज्ञप्तीमा लेखिएको छ, ‘उत्पादन ठप्प हुदाँ रोजगारी, राजश्व तथा बैंक व्याज भूक्तानी, बजार श्रृखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कस्ले लिने ?’ यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहदा समेत सरकारले समस्याको गम्भिर्यतालाई आत्मसात गरि न्यायोचित समाधानका लागी अविलम्ब पहल गर्न हुन अनुरोध पनि गरेको छ ।

डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र प्रभावित उद्योगीहरु बिच हुदै आएको रस्साकस्सी र आआफ्नो अडानका कारण पेचिलो बनेकाले न्यायोचित समाधान खोजिनु पर्ने माग गरेका छन् ।

विद्युत आपूर्ति कटौती गरि उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत आपूर्तिलाई अविलम्व सूचारु गरी त्रिपक्षिय सरोकारवालाहरुः नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र नीजि क्षेत्र समेतको समन्वयमा विवादित बिषयलाई न्यायोचित निरुपण गरि नीजि क्षेत्रले समेत न्याय अनुभूति गर्ने गरि तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरु सँग माग गरेको छ ।

विज्ञप्तीमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवन सारडाले हस्ताक्षर गरेका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved