इमानसिंह चेम्जोङको जन्म जयन्तीमा योगदानको चर्चा

  • पुस १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ किरात इतिहासकार इमानसिंह चेम्जोङको १२१ औँ जन्म जयन्तीको अवसरमा सोमवार धरानमा चुम्लुङ हिम स्थित उनको सालिकमा माल्यार्पण गर्दै उनको योगदानको बारेमा चर्चा गरिएको छ ।

उनको जीवनीमा जन्म मिति अङ्ग्रेजी तारिख मात्र लेखिएकोले प्रत्येक वर्ष जनवरी १ तारिखका दिन इमानसिंह जयन्ती मनाइने गरिएको हो । उनको सम्मानमा नेपाल सरकारले सन् १९९८ -२०५५  मा १ रुपैयाँ मूल्यको हुलाक टिकट जारी गरेको थियो ।

चुम्लुङमा आयोजित कार्यक्रममा पूर्व सांसद टिकराम चेम्जोङले भने, ‘इमानसिंह चेम्जोङ नेपालको इतिहासमा किरात र लिम्बुवानको इतिहास, भाषा, लिपि, साहित्य स्थापित गर्ने पहिलो इतिहासकार हुन् ।’

पछिल्लो इतिहास लेखकहरूले उनले स्थापित गरेका तथ्यहरूको आधारहरू नयाँ इतिहास लेख्दै आएका उनले बताए ।

चुम्लुङका केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवाले इमानसिंह चेम्जोङको सम्मानमा नेपाल सरकारले हुलाक टिकट जारी गरेतापनि औपचारिक रूपमा राष्ट्रिय विभूति घोषित नगर्नु चित्त नबुझ्ने कुरा भएको बताए । उनले भने, ‘उहाँलाई इतिहास, भाषा, संस्कृतिको क्षेत्रमा सबैले राष्ट्रिय विभूति मानिँदै आएको छ ।’

थाक्थोक माबोहाङ चेम्जोङ वंश प्रतिष्ठानका केन्द्रीय सदस्य सुमन चेम्जोङले कक्षा–१० को पाठ्य पुस्तकमा रहेको इमानसिंह चेम्जोङको जीवनी पछिल्लो समय हटाइएकोमा ध्यानाकर्षण गराए । उनले भने, ‘यसलाई राज्यले किरात विभूतिको इतिहास मेटाएको रूपमा लिएर पाठ्य पुस्तकमा समावेश गराउन आवाज उठाउनु पर्छ ।’

चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले इमानसिंह चुम्जोङको जन्म जयन्तीलाई औपचारिकतामा मात्र सीमित नराखेर फराकिलो बनाउँदै समुदाय र नयाँ पुस्ता सम्म पुग्ने गरी चर्चा परिचर्चाको दिवस बनाउनु पर्ने कुरामा जोड दिइन् ।

किरात याकथुङ चुम्लुङ र थाकथोक माबुहाङ चेम्जोङ वंश प्रतिष्ठानको संयुक्त आयोजनामा भएको जन्म जयन्ती कार्यक्रम चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बको सभापतित्वमा भएको थियो । सञ्चालन जिल्ला सचिव शिव सुब्बा इस्वोले गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved