इमोर्टल क्लबले चुम्यो असोक बास्फोर बास्केटबलको उपाधी

  • पुस १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt - बिकास चाम्लिङ राई

धरान/ युथ क्लबको आयोजनामा आयोजित तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगिताको उपाधी इमोर्टल क्लबले चुमेको छ ।

शनिबार भएको फाइनल खेलमा इमोर्टलले ब्रदस क्लबलाइ ७५-७१ अंकको झिनो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएका हुन ।

अत्यन्त्य प्रतिस्पर्धात्मक भएको फाइनल खेलको पहिलो क्वाटरमा इमोर्टलले १९-११ अंकको अन्तर बनाउदै खेलम अघि बढेको थियो ।

दोस्रो क्वाटरमा ब्रदस खेलमा फर्कन्दै २५-१४ को अग्रता बनाएर मध्यान्तर सम्ममा ३६-३३ अंकले आफ्नो अग्रता बनाए ।

तेस्रो क्वाटरमा भने इमोर्टलले ब्रदस बिरुद्द २४-१६ को अग्रता बनाउदै पुनस् इमोर्टल खेलमा फर्किएको थियो । चौथो क्वाटरमा ब्रदसले १९-१८ अंकको अग्रता लिए पनि उपाधीका लागि पर्याप्त भएन ।

इमोर्टलले उपाधि सङ्गै नगद ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता ब्रदसले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी इमोर्टलका निकेस मगर घोषित भए ।

उनले नगद ७ हजार, ट्रफी, बल, प्रमाणपत्र र १ हजार रुपैया बराबरको फुड भौचर प्राप्त गरे । फाइनल खेलका म्यान अफ द म्याच ब्रदसका सर्बोधन राई घोषित भए उनले नगत ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि उदयिमान खेलाडीको उपाधी इमोर्टलका प्रतीक राई घोषित भए ।

उनले ट्रफी, प्रमाणपत्र र एकथान बास्केटबल प्राप्त गरे ।उनिहरुलाइ कार्यक्रमका सभाध्यक्ष सन्तोष बास्फोर, प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघा, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुवेदी, बास्केटबल प्रशिक्षक बिकास चाम्लिङ राइ, प्रतियोगिता संयोजक रवि बास्फोर लगायतले पुरस्कार बितरण गरेका थिए ।

पुस ७ गते देखि सुरु भएको प्रतियोगिताको सम्पुर्ण खेल इन्डोर बास्केटबल कोर्ट धरान रंगशालामा भएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved