पिण्डेश्वर मन्दिरको सरसफाई

  • मंसिर २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल प्रहरी श्रीमति संघले धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर सरसफाई गरेको छ ।

धार्मिक मठ मन्दिरलाई स्वच्छ राख्ने अभियान चलाउदै आएको संघले बाला चर्तुदर्शीका दिन भक्तजनहरुले पितृको नाममा छरेको सद्धविजले मन्दिर परिषर प्रदुषित भएपछि पिण्डेश्वर मन्दिर तथा आसपासमा सरसफाई गरेको हो ।

आन्तरिक तथा वाह्य धार्मिक पर्यटक भित्र्याउने उद्देश्यका साथ कोशी प्रदेशमा रहेका विभिन्न मठ मन्दिर सरसफाई अभियान नै चलाएको संघले पिण्डेश्वर मन्दिर तथा आसपासमा रहेका फोहोर सरसफाई गरेको छ ।

मठ मन्दिर सरसफाई गर्ने नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेश तथा केन्द्रकै अभियान भएकोले भर्खरै मात्र बाला चर्तुदर्शीका दिन पितृहरुको नाममा छरिएको सद्विजले मन्दिर तथा मन्दिर आसपास फोहोर भएको सरसफाई गरिएको संघकी कोशी प्रदेश अध्यक्ष अजिता देवकोटा वास्तोलाले बताइन् ।

सरसफाईमा नेपाल प्रहरीका प्रहरीहरुले समेत सहयोग गरेका थिए । सरसफाईसँगै सफा गर्दा आएको फोहोरलाई समेत व्यवस्थापन गरिएको थियो ।

सामाजिक कार्यमा सक्रिय यो संघले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संघले प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहाराविहीन, अशक्त, ज्येष्ठ नागरिक र निम्न आए भएका विद्यार्थीहरुलाई विभिन्न सहयोग पुर्‍याउदै आएको छ ।

संघले यस भन्दा अगाडि पनि विभिन्न विद्यालयमा वितरण गर्दै आइ प्रदेशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर, विभिन्न जनचेतामूलक कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम लगायतका कार्यक्रम समेत गर्दै आइरहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved