उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

  • मंसिर १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

मोरङ/ दुई हप्ता अघि उर्लाबारी नगरपालिका ७ मा रहेको दिपक कार्कीको घरमा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

कात्तिक २६ गते लक्ष्मीपूजाको दिन कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको पनि मृत्यु भए सँगै संख्या ५ पुगेको हो ।

उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा धनुषा जनकनन्दिनी गाउँपालिका १ घर भई हाल उर्लाबारी ७ मा बस्दै आएका ४३ वर्षीय मरिताको मृत्यु भएको हो ।

सोमबार राति साढे ११ बजे मृत्यु भएका मरिताको अनुहार, छाती, दुवै हात, दुवै खुट्टामा गरी १२ प्रतिशत देखी १४ प्रतिशत जलेको मरिताको शरिरमा करिब ४० प्रतिशत भाग जलेको थियो । मरिता उर्लाबारी–७ स्थित ईटहरा रोडमा यादव फार्मेसी सञ्चालन गर्दै आएका थिए ।

घाइते भएका मध्ये उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ । घटनामा २८ जना घाइते भएका थिए । अझै २० जना घाइतेहरू उचाररत रहेका छन् ।

जसमध्ये १४ जना जेनरल कक्षमा र ३÷३ जना आईसियू र एनसाईसियू कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved