दुहबीमा छठ पुजा समिति गठन

  • कार्तिक १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt -चन्दन रौनियार

दुहबी/ सुनसरीको दुहवीमा छठ पूजा समिति गठन गरिएको छ । दुहवी स्थित शिव मन्दिरको परिसरमा शनिवार सम्पन्न स्थानीयको भेलाले आगामी छठ पूजाको लागि नयाँ कार्य समिति चयन गरेको हो ।

स्थानीयको भेलाले अरुण कुमार हलुवाईको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कुनाल रौनियार, रानु हलुवाई, रितेष साह हलुवाई, सचिवमा ऋषि कुमार साह, कोषाध्यक्षमा चन्दन बैठा रहेका छन ।

सदस्यहरुमा सन्तु हलुवाई, विजय हलुवाई, अजित हलुवाई, अजित साहु, चितानन्द पौदार, गोपाल साहु, रविन साह, राजेश मण्डल, करण अग्रहरी, अभिषेक हलुवाई, आथिस हलुवाई, अमनदिप हलुवाई, शिवा हलुवाई रहेका छन ।

दुहवी स्थित बुढी खोला किनारमा छठ पर्व मनाउने श्रद्धालुका लागि कुनै असुविधा हुन नदिन समितिले आवश्यक कामको थालनी गरेको जनाइएको छ ।

छठ पूजा यहि मंसिर ३ गते र ४ गते परेको छ । प्रेम र सदभावको प्रतिकको रुपमा रहेको यो पर्व उदाउदो सूर्यलाई अर्घ दिएपछि सुरु हुने र भोलिपल्ट अस्ताउदो सूर्यलाई अर्घ दिए संगै समापन हुने गर्छ । दुहवीको नदी किनारमा हरेक वर्ष हजारौं श्रद्धालु भेला भई सूर्य भगवानको पूजापाठ गर्ने गरेका छन् ।

त्यस्तै प्रमुख सल्लाहकारमा दुहबी नगरपालिका मेयर वेदनरायण गच्छदार, अन्य सल्लाहकारहरुमा दुहबी वडा नम्बर ५ का अध्यक्ष रमेश रौनियार, दुहबी वडा नम्बर ६ धनश्याम हलुवाई, रन्जित गौश्वामी, पत्रकार चन्दन रौनियार, इप्रका दुहबी, सशस्त्र प्रहरी वल दुहबी, अस्थायी ट्राफिक प्रहरी दुहबी, खानेपानी उपभोक्ता दुहबी, रेडक्रस शाखा दुहबी, र पुर्व छठ पुजा अध्यक्षहरु रहेको छठ पुजा २०८० का सचिव ऋषि कुमार साहले बताए ।

 

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved