परदेशी २ का कलाकारहरु मेरिल्याण्डमा

  • असोज २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी २ फिल्मका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशल सहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

कोशी प्रदेश नेपाली चलचित्रलाई माया गर्नेहरुको प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले वताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरुमाझ प्रस्तुती दिएका थिए । उनिहरुले चलचित्रको एक चर्चित गीत पनि प्रस्तुत गरेका थिए ।

उनिहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ गतेदेखि प्रदर्शन हुदैछ ।

चलचित्रमा केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ, देवेन्द्र बब्लु, नारायण रायमाझी, राजेश वंशल, रमेश विजी लगायत कलाकारहरुको भूमिका रहेको छ । कलाकार प्रकाश सपुतले यो चलचित्र प्रत्येक नेपालीले एक पटक हेर्नै पर्ने चलचित्र भएको बताए ।

कार्यक्रममा कलाकारहरुलाई खादा र माला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो कला पनि देखाएका थिए ।

कार्यक्रममा अभिनेत्री वर्षा सिवाकोटीले मेरिल्याण्डबारे जे सुनेको थिए यहाँको वातावरण त्यो भन्दा दोब्बर पाएको बताईन् । स्मरण रहोस् मेरिल्याण्ड कलेज पूर्वकै व्यवस्थापन पढाइ हुने एक उत्कृष्ट शैक्षिक संस्था मानिन्छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved