परदेशी २ का कलाकारहरु मेरिल्याण्डमा

  • आश्विन २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी २ फिल्मका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशल सहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

कोशी प्रदेश नेपाली चलचित्रलाई माया गर्नेहरुको प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले वताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरुमाझ प्रस्तुती दिएका थिए । उनिहरुले चलचित्रको एक चर्चित गीत पनि प्रस्तुत गरेका थिए ।

उनिहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ गतेदेखि प्रदर्शन हुदैछ ।

चलचित्रमा केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ, देवेन्द्र बब्लु, नारायण रायमाझी, राजेश वंशल, रमेश विजी लगायत कलाकारहरुको भूमिका रहेको छ । कलाकार प्रकाश सपुतले यो चलचित्र प्रत्येक नेपालीले एक पटक हेर्नै पर्ने चलचित्र भएको बताए ।

कार्यक्रममा कलाकारहरुलाई खादा र माला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो कला पनि देखाएका थिए ।

कार्यक्रममा अभिनेत्री वर्षा सिवाकोटीले मेरिल्याण्डबारे जे सुनेको थिए यहाँको वातावरण त्यो भन्दा दोब्बर पाएको बताईन् । स्मरण रहोस् मेरिल्याण्ड कलेज पूर्वकै व्यवस्थापन पढाइ हुने एक उत्कृष्ट शैक्षिक संस्था मानिन्छ ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved