कवि इन्दुका कवितामा विमर्श

  • असोज २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान/  शनिबार धरान र यसवरपरका कवि–साहित्यकारहरूको विशेष जमघट भएको थियो ।

यस्तो जमघटको चाँजोपाँजो मिलाएको थियो, कलरव धरानले । फरक शैलीमा छरितो ढङ्गले अर्थपूर्ण कार्यक्रम गर्ने साहित्यिक संस्थाको परिचय बनाएको कलरवले कवि इन्दु नेपाल योन्जनको नवीन काव्यकृति ‘अन्तिम सेलो’ बारे वार्ताको कार्यक्रम आयोजना गरेको थियो ।

वार्तामा सहभागी वरिष्ठ कवि बम देवान तथा डा अस्मिता विष्टले तामाङ समुदायका संस्कृति र मिथकको प्रयोग नै कवि इन्दुका कविताको शक्ति भएको धारणा राखेका थिए । उनका अधिकांश कविताहरूमा दार्शनिक भाव रहेको धारणा वार्ताकारहरूको थियो ।

वार्तामा सहभागी हुँदै कवि इन्दुले विभिन्न कोणबाट पछाडि पारिएका समुदायको चेतनालाई उन्नत बनाउनु आवश्यक रहेको धारणा राखेका थिए ।

आप्mना कविताहरू त्यसतर्पmको एउटा सानो प्रयास भएको उनको भनाइ थियो । त्यस क्रममा उनले आप्mना कविता पनि प्रस्तुत गरेका थिए ।

वार्ताको सहजीकरण अर्का कवि चन्द्र गुरुङले गरेका थिए । त्यसअगि कविहरू करुणा राई, हेमन यात्री, विशाल नाल्बोलगायतले ‘अन्तिम सेलो’ कविता सङ्ग्रहमा रहेका कविताहरू वाचन गरेका थिए ।

कार्यक्रमको सुरुमा कवि इन्दुको ‘दृश्य–परिचय’ र ‘दृश्य–कविता’ प्रस्तुत गरिएका थिए । यी दुवै सामग्रीको निर्देशन बिरेन सुब्बाले गरेका हुन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved