नेपाली समाज सुहाउँदो पार्टीहरु छैनन् : श्रेष्ठ

  • असोज १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली समाजलाई सुहाउँदो किसिमको राजनीतिक सिद्धान्त कांग्रेस, कम्युनिष्ट पार्टीमा नभएको जसपा पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् ।

शनिबार धरानमा लिम्वुवान राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले पञ्चायतकालमा समेत माटो सुहाउँदो ढुङगा सुहाउँदो भनिने गरे पनि अन्ततः त्यस्तो नभएपछि राणा शासन, पञ्चायत शासन पतन भएको बताए ।

उनले पुराना पार्टीहरुको सैद्धान्तिक अवधारणा पनि यथार्थपरक र वैज्ञानिक नभएको दावी गदैै भने, “कांग्रेस र कम्यिुनिष्ट पार्टीले लिएको सैद्धान्तिक अवधारणामा पनि नेपाली समाज बहुराष्ट्रियतामा र ऐतिहासिक पृष्ठ भूमिकाको आधारमा विभिन्न समुदायमा विभाजित भएर बसेका छन्

ति सबै समुदायलाई समेट्न सकेनन्, त्यसैले हामीले जस्तो समाज उस्तै पार्टी पनि बनाउँ, जस्तो समाज उस्तै राज्य बनाउँ भनेर भन्यौं ।”

त्यही अनुसार जसपा पार्टी गठन भभएको उनको भनाई छ ।
जसपा पार्टीका संगठन विभागका प्रमुख समेत रहेका श्रेष्ठले जसपाले संघिय शासन प्रणाली भएको समाजवादको सैद्धान्तिक अवधारणा ल्याएर पार्टी गठन भएको बताए ।

उनले पार्टीको विधानमा श्रृखंलाबद्ध समिति प्रणाली रहेको बताए ।

केन्द्रको मातहतमा प्रदेश समिति, प्रदेश समितिको मातहतमा राष्ट्रिय समिति, राष्ट्रिय समितिको मातहतमा जिल्ला समिति रहने बताए ।
खगेन्द्र माखिमको अध्यक्षतामा भएको लिम्वुवान राष्ट्रिय समितिको पुर्नगठन कार्यक्रमको बन्दसत्र भने जारी रहेको धरान नगरका अध्यक्ष ताजुप लिम्बुले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved