सुद्ध पानी वितरण गर्न मेयर साम्पाङलाई वडाबासीहरुको माग

  • साउन २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगर पालिका १५ नम्बर वडावासीहरुले भालुखोला सेउती खोलाको पानि आफ्नो वडामा वितरण बन्द गर्न माग गरेका छन् । 

जनप्रतिनिधि सहित धरान उपमहानगर पुगेको स्थानियलले मेयर हर्क साम्पाङलाई भालु खोला र सेउती खोलाको पानि खान योग्य नरहेको भन्दै वडामा वितरण बन्द गर्न माग गरेका हुन् ।

उनीहरुले मंगलबार खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङलाई भेटेर दुवै खोलावाट टिटमेन्ट विना सिधै खोलाको पानि वितरण भइरहेकोले तत्तकाल वितरण बन्द गर्न लिखित माग पत्र समेत बुझाएका छन् ।

मेयर साम्पाङले श्रमदानमार्फत ल्याएको भालु खोला र सेउतीको मुहानको ठिक उत्तरतर्फको डाँडामा छाला प्रशोधन उद्योगसँगै वंगुर र कुखुरा फर्मसमेत सञ्चालनमा रहेका छन् ।

ती फर्महरुको फोहोर बर्षामा बगेर भालु खोला र सेउती खोलामा मिसिएर पिउने पानीको स्रोत दुषित हुने र महामारी हुने जोखिम रहेको भन्दै वडा १५ बासीले उक्त स्रोतको पानी वितरण बन्द गर्न माग गरेका हुन् ।

साविकमा झैं धरान १४ मा रहेको खानेपानी बोर्डको विजयपुर सबसिस्टमबाट पानी वितरण गर्न धरान उपहानगरपालिका १५ नं. वडा समितिका अध्यक्ष नरेश इवारामले मेयर समक्ष माग गरे ।

मेयर साम्पाङले भालु खोला र सेउती खोलाको पानी संकलन गरेर धन्यवाद ट्यांकीमार्फत वडा १५ लाई वितरण गरिरहेका छन् ।

यो स्रोत उपयोग गर्नुअघि वडा १५ लाई विजयपुर सब सिस्टमबाट पानी वितरण भइरहेको थियो ।

भालु खोला र सेउतीको मुहान खुल्ला बगिरहेको खोलामा सिधै पोलिथिनको पाइप असुरक्षित तरिकाले ल्याएको भन्दै वडाबासीहरुले असन्तुष्टी पनि जनाएका छन् ।

मेयर साम्पाङले भने तत्काल केही गर्न नसकिने जवाफ फर्काएका छन् । उनले भन्न सजिलो तर गर्न गारो रहेको वताएका छन् ।

धरान १५ वासीले प्रयोग गर्दै आएको पानिको मुहान रहेको खोलामा धरान बजारदेखि नुहाउन जाने, वनभोज खानलेले कुखुरा, खसी लगायतका मासु खाएर हड्डी लगायत फोहोर समेत भएकोे पानि समेत आफुहरु पिउन बाध्य रहेको स्थानीयहरुको भनाई छ । 

सुद्धिकरण नगरी धरान खानेपानिवोर्डले पानि विरतरण गर्दा ‘फिकल कोलिफर्म’ युक्त पानि धरान वासीले खाईहेका छन् ।

केही दिन अगाडी गरिएको परिक्षणमा धरानमा वोर्डले वितरण गरिरहेको पानीमा ५ देखि ३५ युटिनसम्म सम्म ‘फिकल कोलिफम भेटिएको थियो 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved