‘फिकल कोलिफर्म’ भेटिएको विषयमा दलहरुद्वारा मेयर साम्पाङलाई ध्यानाकर्षण

  • साउन २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानको सतहबाट ल्याएको खानेपानीमा ‘फिकल कालिफर्म’ भेटिएको विषयमा दलहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले साम्पाङको खानेपानी अभियानको समर्थन भएको भए पनि जनस्वास्थ्यमाथि गम्भीर असर पर्ने कोलिफर्म फेला परेकोले सुद्धिकरण गरेर मात्र वितरण गर्न धरानका १२ राजनीतिक दलहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले धरानका विभिन्न खानोपानीको मुहानबाट वितरण भईरहेको र खानेपानीमा फिकल कोलिफर्म’ देखिएको विषयमा राजनीतिक दलहरु गम्भीर भएका छन । विज्ञहरुको राय सल्लाहले समेत यसलाई तत्काल न्युनिकरण गर्न अति जरुरी रहेकोले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप पानी वितरण गर्नु पूर्व त्यसको ट्रिटमेन्ट गर्न उनीहरुले मेयर साम्पाङ समक्ष माग राखेका छन् । उनीहरुले ध्यानाकर्षणको बोधार्थ जिल्ला प्रशासन कार्यालयमा समेत बुझाएका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायतका स्थानीय नेताहरुले मेयर साम्पाङलाई ध्यानाकर्षण गराउदै धरान खानेपानी व्यवस्थापन बोर्डबाट वितरण भएको पानीमा ’कोलिफम’ भेटिनु लज्जास्पद जनाएका थिए ।

उनीहरुले नेपालको संविधानमा समेत सर्वसाधारणले सुद्ध खानेपानी पाउने अधिकार उल्लेख भएकोले यसमा मेयर साम्पाङलाई गम्भीर हुन उनीहरुले ध्यानाकर्षण गराएका थिए । उनीहरुले यस्तो गम्भिर अवस्थामा स्थानीय सरकार मुदर्शक भएर वस्नु निन्दनिय बताउदै विभिन्न स्रोतबाट ल्याइएको पानी विना ट्रिटमेन्ट ट्यांकीमार्फत खानेपानी वितरण गर्नु सर्वसाधारणको स्वास्थ्यमाथि खेलबार्ड गर्नु भएकोले तत्काल ट्रिटमेनको प्रक्रिया अगाडि बढाउन उनीहरुले मेयर साम्पाङ समक्ष माग समेत गरेका छन् ।

सानो हेलचेक्र्याईले महामारीको रुप लिने भन्दै उनीहरुले पछिल्लो समय धरानमा फैलिएको डेंगी सक्रमण, टाइफाइट, झाडापखाला, आँखा पाक्ने, जिउ चिलाउ जस्ता सक्रमण देखिएकोप्रति ध्यानाकर्षण गराउदै यस्तो संवेदनशील कुरामा केही पनि मुखदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।

उनीहरुले धरानमा वितरण भइरहेको खानेपानीको ३ दिन भित्र परिक्षण गरी रिपोर्ट सार्वजानिक गर्नु पर्ने, हरेक महिना खानेपानीको परिक्षण गरी रिपोट सार्वजनिक गर्नु पर्ने र तत्काल पानीको ट्रिटमेन्ट गरि पिउन योग्य पानी वितरण गर्न गम्भीर हुनुपर्ने तीन बुदे माग समेत मेयर साम्पाङ समक्ष राखेका छन् ।

ध्यानाकर्षणपत्र बुझिसकेपछि धरान उपमहानगरपालिका मेयर तथा धरान खानेपानी बोर्डका अध्यक्ष हर्क साम्पाङले दलहरुले बुझाएको ध्यानाकर्षणपत्रलाई गम्भीरतापूर्वक लिने र समस्याको समाधान गर्ने आश्वासन दिएका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved