सर्दु जलाधार क्षेत्र बिवाद: वृक्षारोपण नगर्न संघर्ष समितिको चेतावनी

  • साउन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / सर्दुजाधार क्षेत्रको विवादले धरानमा अहिले चर्को रुप लिएको छ । धरान ४ स्थति छोटी मोरङमा दुई साता अगाडि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वृक्षारोपण सुरुगरेको पछि विवाद बढदै गएको छ ।

छोटी मोरङमा रहेको २सय ७२ घर पिडितले बिहिबार पत्रकार सम्मेलन गदै नगर प्रमुले कानुन मिचेर व्यक्तीको नामा रहेको धनिपुर्जा भएको जगगामा वृक्षारोपण गरेको भन्दै विरोधमा जनाएका छन । उक्त विवाद धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले स्काई एन्भेचर प्रा.लि.को नामबाट सञ्चालन गरेको प्लाइडिङ उडान गर्ने स्थानमा वृक्षारोपण गरेपछि विवाद चर्किएको हो ।

सर्वाचको अन्तिम फैसला नआए सम्म वृक्षरोपण थाति राखन छोटी मोरङ संर्घष समितिले अनुरोध गरेको छ ।
सर्दुजलाधार क्षेत्रमा भएको जग्गा भएपनि १२ विगा किनवेच गर्ने मिल्ने धरान उपमानगरपालकिाले गरेको आदेश अनुसार किनवेच भएको छोटि मोरङ जग्गा पिडित संर्घष समितिका सदस्य पर्वत राईले बताएका छन ।

उनले सर्वोच्च अदालत अन्तिम फैसला आउदा जलधार क्षेत्रको जग्गा पर्ने देखिएमा त्यसवेला किनबेच खुलाउदा जोडिएका न्यायदिश, धरान नगरपालिका कर्मचारी र जनप्रतिनिधिले पडितिहरुको क्षेति बेर्हानु पर्ने समेत बताए । यदि जलधारक्षेत्रमा पर्ने जग्गा भए किन सर्वाच्च अदालतले र त्याहाँका न्यादिसले प्रमाण नछुटाई निर्णय गरियो धरान उप माहानगरपालिकाले किन सहमति जनायो खोजि गरेर को दोशी हो सबैलाई कार्वाहि हुनु पर्ने बताएका छन ।

यसै विषयलाई लिएर छोटी मोरङ धरान ४ का पीडित २७२ घर परिवारले विहीबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनीहरुले मेयर अर्क साम्पाङले अदालतको अवज्ञालाई मानहानी गर्दे जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्ने कामलाई रोक्नुपर्ने बताएका थिए ।

छोटी मोरङ जग्गा पीडित संघर्ष समिति अध्यक्ष कर्ण बिक्रम लिम्बले अदालतको फैसलालाई शिरोपी राखी व्यक्तिको जग्गामा वृक्षरोपण गर्ने कार्य रोक्न मेयर साम्पाङलाई आग्रह गरे । उनले आफूहरुलाई स्थानीय सरकारले न्याय दिन नसकेको बताउदै आफूहरुमाथि भूमाफिया जस्तो गम्मीर शब्द प्रयोग गरेको प्रति आपत्ति प्रकट गरे ।

सर्वोच्च अदालतले समेत एक बर्ष अगाडि अर्गाथ २०७९ माघ २४ गते गते पूर्ण फैसला नहुन्जेल सर्दु जलाधार क्षेत्रभित्र पर्ने जग्गालाई यथास्थितिमा राख्ने आदेश दिइसकेको अवस्थामा स्थानीय सरकार प्रमुख हर्क साम्पाङको नेतृत्वमा नीजि जग्गाा वृक्षारोपण गर्ने कार्यलाई अलिम्ब रोक्न मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा संघर्ष समितिका सदस्य एवम् जग्गा धनी, पर्बत राई ,मदन राई,गीता कार्की लगायतले सर्वोच्च निकाय सर्वोच्च अदालतको आदेश सबैले पालना गर्नुपर्ने र अन्यायमा परेका सर्वसाधारणलाई न्याय दिनुपर्ने बताएका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved