अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु

  • साउन ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अज्ञात समूहको गोली प्रहारबाट धरानमा एकजनाको मृत्यु भएको छ ।

धरान ८ सेउती पुल नजिक अज्ञात समूहले गोली प्रहार गर्दा विराटनगरका २८ बर्षीय रोहित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउसो साढे ५ बजेछिर उनलाई तीन जनाको समूहमा आएर गोली प्रहार गरिएको बताइएको छ । गोली प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटा घुमेर फर्किने क्रममा सेउती पुलमा घट्ना भएको उनीसँगै रहेकी सुमना खत्रीले प्रहरीलाई जानकारी गराएकी छन् ।

गोली प्रहारपछि रोहितको उपचारका लागि सुमनाले नै एम्बुलेन्स रोकेर बीपी ल्याएको प्रहरीको भनाई छ ।

धनकुटा घुमेर फर्किने क्रममा पानी पिउने क्रममा पैदलै जएको अवस्थामा अज्ञात समूहले रोहितमाथि लुटपाट गरी गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

सुमनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा विस्तृत जानकारी नआइसकेकोले बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved