एसईई परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई महानगरको सम्मान

  • असार २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

बिहीबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेका हुन् । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरेका हुन् ।

४ जीपीए ल्याउने तीनैजना विराटनगर–११ स्थित विकेभिएम स्कुलका विद्यार्थी हुन् । कोशी प्रदेशमा ४ जीपीए ल्याउने ५ जना विद्यार्थीमध्ये ३ जना विराटनगरका हुन् ।
त्यसैगरी सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंक ल्याउने पोखरिया माविका रचिता दंगाल, सविना कोइराला र रोहन साहलाई पनि सम्मान गरिएको थियो । उनीहरु तीनैजनाले ३.९५ जीपीए ल्याएका थिए । सो अवसरमा विकेभिएम स्कुल र पोखरिया माविलाई समेत सम्मान गरिएको थियो । विकेभिएमका प्रिन्सिपल रविन दाहाल र पोखरियाका प्रधानाध्यापक खेमराज भट्टराईलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा मेयर कोइरालाले विराटनगर शैक्षिक हब बन्ने बाटोमा अगाडि बढेको बताए । उनले विराटनगरले शैक्षिक क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्नुले महानगरको प्रतिष्ठासमेत बढेको बताए । सम्मानपछि विराटनगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर एसईई समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved