लैंगिकमैत्री बजेट बनाउनुपर्नेमा सरोकारवालाको जोड

  • वैशाख २७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लैंगिकमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने अधिकांशले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् । युएनएपीए, आइपास नेपाल र भिएसओको सहयोगमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम एवीसी नेपाल,सीएमसी नेपाल र कोकनले सहकार्य गरेका थिए ।

कार्यक्रममा एवीसी नेपालकी कोशी प्रदेश संयोजक विष्णु शर्माले महानगरले लैंगिक हिंसाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेट लैंगिकमन्त्री बनाउन सुझावसमेत दिइन ।

आइपासका कोशी प्रदेश संयोजक सरोज भुसाल र भिएसओका प्रदेश संयोजक सुनिलकुमार साहले विराटनगरमा लैंगिक विभेदमा आधारित हिंसा र रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।सो अवसरमा बोल्र्दै मेयर नागेश कोइरालाले महानगर पुग्न नसकेका स्थानमा पुगेर विभिन्न गैरसरकारी संघसंस्थाले काम गरिरहेकोमा खुसी व्यक्त गरे् ।

उनले लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि महानगरपालिका गम्भीर रहेको उल्लेख गरै। उपमेयर शिल्पा निराला कार्कीले महानगरको न्यायिक समितिमा धेरैजसो लैंगिक हिंसाका उजुरी आउने गरेको  बताइन् । उनले श्रीमान श्रीमतीबीचको विवादका उजुरी पनि धेरै आउने गरेको जानकारी दिइन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved