साँस्कृतिक आन्दोलनका रुपमा साकेला

  • वैशाख २३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /किरात राईहरुले प्रत्येक बर्ष वैसाख पूणिमादेखि मनाउदै आएको साकेला उभौली पर्व यस बर्ष भने साँस्कृतिक आन्दोलनको रुपमा मनाएका छन् ।

प्रदेश नंं १ को नाम कोशी राखिएपछि सशक्त रुपमा संयुक्त मोर्चा बनाएर कोशी नामाकरण खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा होमिदै आएको मोर्चाको एक घटक किरात राई यायोख्खाले यस बर्षको साकेला पर्व साँस्कृतिक आन्दोलनको रुपमा मनाएको हो ।

शनिबार धरानको मुटु भानुचौकमा उनीहरुले साकेला सिली प्रदर्शनी समेत गरेका थिए । किरात राई यायोख्खा धरान ९ र १० वडाको आयोजनामा भएको कार्यक्रममा उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नामाकरण हुुनुपर्ने माग राखेका थिए ।


सो अवसरमा बोल्दै किरात राई यायोख्खा धरान नगर समितिका अध्यक्ष लोकेन्द्र राईले पहिचानको मुद्दालाई कोशीमा बगाएर अहिले पहिचानवादीहरुको शान्तिपूर्ण आन्दोलनलाई दबाउने प्रयास गरिरहेको बताएका थिए । उनले पहिचानको आन्दोलनलाई सरकारले जति दमन गर्छ उति उति सशक्त भएर जाने चेतावनी समेत दिएका थिए ।

यस्तै यायोख्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले किरातहरुले विगतदेखि नै भुगोल, इतिहास र पहिचानको आधारमा प्रदेश १ को नामाकरण गर्नुपर्ने माग राख्दै आएपनि षड्यन्त्रपूर्वक ढंगबाट कोशी नामाकरण गरिएकोप्रति आपत्ति जनाएका थिए । नामाकरण खारेजीका विषयमा आन्दोलन निरन्तर भइरहेको बताउदै साकेला पर्वको अवसरमा पनि साँस्कृतिक आन्दोलनको रुपमा यसलाई अगाडि बढाइएको बताए ।

कार्यक्रममा किरात राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तथा धरान पूर्व मेयर तिलक राई, संविधान सभाका सद्स्य किरण राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव मातृका राई, जनता समाजवादी पार्टी. धरान नगर अध्यक्ष ताजुब लिम्बु, किरात याक्थुङ चुम्लुङका धरानका का.वा. अध्यक्ष स्वणिमहाङ लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय उपमहासचिव बिष्णुु थाम्देन, किरात राई यायोक्खा जिल्ला कोषाध्यक्ष उपेन्द्र चाम्लिङ लगायतले पहिचानको मुद्दालाई सरकारले ख्याल ख्यालको रुपमा नलिई गम्भीर लिन आग्रह गरेका थिए । सो अवसरमा झोल झ्याम्टासहित चण्डी नाचको समेत आयोजना गरिएको थियो ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved