कानेपोखरी एमालेमा चरम विवाद "तीन सय जना कार्यकर्ताले दिए राजीनामा"

  • वैशाख १९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचारभएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् ।

 यसरी राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँल, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, जेष्ठकम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी,राजकुमार बराल,पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत,सह–इन्चार्ज भोलानाथ पराजुली,निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ (मुना), राजकुमार लिम्बू, दुर्गा वि.क.लगायत ३सय जनाले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले पार्टी निर्णय प्रक्रियालाई वेवास्ता गर्दै एकलौटी ढंगलेपद्धतिको कुनै पनि अनुसरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएकोभ्रष्टाचारको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारकोढाकछोप गर्ने उद्देश्यलाई बल पु¥याउने नियतबाट गाउँपालिकाको केन्द्रसार्ने र प्रशासकीय भवन बनाउने निर्णय गरेको दाबी गरेका छन् ।

यो निर्णयले पारदर्शिता माथि प्रश्न खडा गरेको बताउँदै उनीहरुले आफ्नोनेतृत्वको पालिकाको स्थानीय सरकारलाई देश र जनताप्रति उत्तरदायी रहनआग्रह गर्दा पनि अस्वीकार गरेको जनाएका छन् ।

एमाले मोरङका जिल्ला सदस्य पौडेलले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको वेथितिविरुद्धसंघर्ष गर्दै पार्टी सुदृढीकरण र जननिर्वाचित प्रतिनिधि पार्टी निर्णयकोअधिनमा जनताप्रति जवाफदेही हुन सक्ने स्थिति पैदा नभएसम्मका ३ सयकार्यकर्ताहरुले पार्टीको सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यबाटसामूहिक राजीनामा दिएको बताएका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved