विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरू पुरस्कृत

  • वैशाख १९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  विराटनगरका कवि तथा साहित्यकार हरिप्रसाद बरालसहित ५ जनालार्ई कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले पुरस्कृत गरेको छ ।

सोमबार विराटनगरमा साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई गुठी पुरस्कृत गरेको हो ।

कमला–राजबहादुर कुँवरको नाममा स्थापित गुठीले ११ हजार राशिको साहित्यतर्फको पुरस्कारबाट साहित्यकार एवं समालोचक बराल पुरस्कृत भएका हुन् ।

२५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार काठमाडौंका साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई, १५ हजार राशिको शिक्षा पुरस्कारबाट शिक्षासेवी सर्वाणी भट्टाचार्यलाई पुरस्कृत गरिएको छ भने ११ हजार राशिको खेलकुद पुरस्कार क्रमश: विकेन थापा र मेधावी छात्र डा. अनुपम कोइरालालाई प्रदान गरिएको छ ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, आयोजक संस्थाका अध्यक्ष दिङ्लाली कान्छोलगायतले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved