शहिद स्मृतिमा कम्प्युटर इन्जिनियरीङ पढाइ

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ ।शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् ।

केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो ।

शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट कक्षा ९ मा कम्प्युटर इन्जिनियरीङमा भर्ना खुल्ला गरीएको छ ।

कक्षा ९ मा भर्ना हुनको लागि कुनैपनि विद्यालयबाट कक्षा ८उर्तीण भएका विद्यार्थीहरुले आवेदन गर्न सक्नेछन् ।कम्प्युटर इन्जिनियरीङका लागि कक्षा ९मा४८जनाको कोटा निर्धारण गरीएको छ ।न्युनतम शुल्कमा नै पढन र पढाउने सकिनुका साथै भविष्यमा स्वरोगार वन्नुका साथै राम्रो अवसर प्राप्त हुने प्रअ विष्टले वताए ।

कक्षा ९ देखि १२ सम्म ४ वर्षे कम्प्युटर इन्जिनियरीङको कोर्ष पुरा गरेपछि स्वरोजगार हुनुका साथै कम्प्युटर इन्जिनियरीङमा स्नातह तहको अध्यय्न गर्न सकिने छ ।

कम्प्युटर इन्जिनियरीङका लागि विद्यालयमा कम्प्युटर ल्याव र पयाप्त भौतिक पूर्वाधार रहेको प्र.अ. विष्टको दावी रहेको छ ।यो कार्यक्रम धरानको लागि गौरवको विषय भएको वताउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने विष्टको भनाई रहेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved