सम्पदा संरक्षणमा जोड दिनै अवलोकन भ्रमण

  • चैत १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अवलोकन र प्रबर्द्धन अभियान अन्तर्गत बिराट राजाको दरबार क्षेत्रको भ्रमण गरेको छ ।

पर्यटनको माध्यमबाट आफ्नो तर्फबाट गर्न सकिने कार्यहरु बारे जानकारी प्राप्त गर्न अवलोकन भ्रमण गरिएको अध्यक्ष अभिनास थापाले जानकारी दिए ।

बिराटनगरमा अवस्थित बिराट राजाको दरबार संरक्षणका लागि आफ्नो जीवन ब्यतित गरेका संरक्षणकर्मी कमल किशोर यादबको घरमा रहेको प्राचीन सभ्यता बोकेको सामाग्रीहरुको अवलोकन गर्दै उनीबाट सो सम्बन्धी जानकारी लिएको थियो ।

भग्नावशेष रहेको भेडियारीमा केही समय अघि निर्मित सङ्ग्रालयको भवन निर्माण सम्पन्न भए पश्चात् नेपाली सेनाद्वारा महानगरलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संयोजक अभिषेक भट्टराईले बिराटनगर जेसीज परिवारको भ्रमण पश्चात् आगामी दिनमा देशभरीका जेसीज सदस्यहरुलाइ समेत भ्रमण गर्न अभिप्रेरित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

भ्रमण पश्चात् भिडियो निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्नका लागि गर्न सकिने कार्यका बारेमा प्रतिबेदन तयार गर्दै सम्बन्धित निकायमा प्रस्तुत गरिने बिराटनगर जेसीजले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved