सम्पदा संरक्षणमा जोड दिनै अवलोकन भ्रमण

  • चैत १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अवलोकन र प्रबर्द्धन अभियान अन्तर्गत बिराट राजाको दरबार क्षेत्रको भ्रमण गरेको छ ।

पर्यटनको माध्यमबाट आफ्नो तर्फबाट गर्न सकिने कार्यहरु बारे जानकारी प्राप्त गर्न अवलोकन भ्रमण गरिएको अध्यक्ष अभिनास थापाले जानकारी दिए ।

बिराटनगरमा अवस्थित बिराट राजाको दरबार संरक्षणका लागि आफ्नो जीवन ब्यतित गरेका संरक्षणकर्मी कमल किशोर यादबको घरमा रहेको प्राचीन सभ्यता बोकेको सामाग्रीहरुको अवलोकन गर्दै उनीबाट सो सम्बन्धी जानकारी लिएको थियो ।

भग्नावशेष रहेको भेडियारीमा केही समय अघि निर्मित सङ्ग्रालयको भवन निर्माण सम्पन्न भए पश्चात् नेपाली सेनाद्वारा महानगरलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संयोजक अभिषेक भट्टराईले बिराटनगर जेसीज परिवारको भ्रमण पश्चात् आगामी दिनमा देशभरीका जेसीज सदस्यहरुलाइ समेत भ्रमण गर्न अभिप्रेरित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

भ्रमण पश्चात् भिडियो निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्नका लागि गर्न सकिने कार्यका बारेमा प्रतिबेदन तयार गर्दै सम्बन्धित निकायमा प्रस्तुत गरिने बिराटनगर जेसीजले जनाएको छ ।

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved