सिम्रन र दिवस भए मिस एन्ड मिस्टर सगरमाथा

  • चैत १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ मिस र मिस्टर सगरमाथाको उपाधि क्रमश सिम्रन लिम्बु र दिवस राईले जितेका छन् । धरान–३ स्थित सगरमाथा एसडी कलेज र डल्फिन पुर्वान्चल एकेडेमीले संयुक्तरूपमा आयोजना गरेको मिस र मिस्टर सगरमाथाको उपाधि लिम्बु र राईले हात पारेका हुन ्।

शनिबार शिक्षा सदन स्कुलको सभा हलमा सम्पन्न प्रतियोगितामा छात्र तर्फ अभय श्रेष्ठ र छात्रा तर्फ स्मृती योन्जन फष्ट रनर अप घोषित भए । यसैगरी छात्र तर्फ बेष्ट डिसिप्लिन सुदिप भुजेल, मस्ट एक्टिभ जीवन तामाङ र मोस्ट ट्यालेन्टको उपाधि निबेदन राईले पाए भने छात्रातर्फ बेस्ट डिसिप्लिन डोल्मा तामाङ, मस्ट एक्टिभ मेघा बिश्वकर्मा र मस्ट ट्यालेन्टको उपाधि सिम्रन लिम्बुले पाए ।33

निबेदन राई र आकृती योन्जन बेस्ट कपल घोषित भएका थिए । गायन र नृत्य प्रतियोगितामा क्रमशः दिवस राई र सिम्रन लिम्बू विजेता बने । बिजेताले सगरमाथा एसडी कलेजमा अध्ययनको लागि ८० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् । यसैगरी फष्ट रनर अप बनेकाहरुलाई ५० प्रतिशत र सब टाईटल प्राप्त गर्नेलाई ३० प्रतिशत छात्रबृत्ति प्रदान गरिएको कलेजका प्रिन्सिपल सन्तोष राईले जानकारी दिए ।

विजेताहरुलाई प्रिन्सिपल राई, भाइस प्रिन्सिपल देवराज रेग्मी लगायतले ट्रफी, बुके र प्रमाण–पत्र प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायकमा प्रतियोगिताको निर्णायकहरुमा सन्चारकर्मी विशाल रसिक राई, नृत्य निर्देशक बिक्रम शंकर र मिस स्टेट–१ का बिजेता रजनी तुम्सा लिम्बू रहेका थिए । कलेजका प्रिन्सिपल सन्तोष राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धरान उप–महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेस इवारम रहेका थिए ।44

कार्यक्रममा सगरमाथा रेसिडेन्सियल बोर्डिङ स्कुलका प्रिन्सिपल रमेस राई, प्यारिटी एजुकेसनका निर्देशक प्रमोद कटवाल र कलेजका भाईस प्रीन्सिपल देबराज रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभालाई निखार्ने काम गर्ने बताएका थिए । सो अवसरमा बिद्यार्थीहरुले आकर्षक गीत र नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved