प्रदेश १ मा दुर्घटना कमी भएको ट्राफिक प्रहरीको दाबी ‘सिटी सफारी’ दुर्घटनाको मुख्य कारण

  • पुस २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / प्रदेश १ मा सवारी दुर्घटनामा कमी आएको एक नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय दाबीसहित तथ्याङ्क सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीले पछिल्ला दिनहरुमा सवारी चेकजाँचलाई तीव्र बनाएसँगै दुर्घटना कमी आएको तथ्याङ्क सार्वजनिक गर्दै सो कार्यालयले दाबी गरेको हो ।

अघिल्लो आर्थिक बर्षको ५ महिनाको तुलनामा प्रदेश १ मा चालु आर्थिक वर्षको ५ महिनामा १७ प्रतिशतले दुर्घटनामा कमी आएको छ । 
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले ट्राफिक प्रहरीको सक्रियताकै कारण सवारी दुर्घट नामा कमी आएको दाबी गरेका छन् ।

मुख्य राजमार्गमा हुने दुर्घटनाको तथ्यांक अनुसार आर्थिक बर्षको पाँच महिनामा १ हजार ४ सय ८४ वटा साना तथा ठूला दुर्घटना भएका छन् जसमा १ सय ७७ जनाले ज्यान गुमाएका छन् । अघिल्लो बर्षको यही ५ महिनाको तुलनामा यो तथ्यांक १७ प्रतिशतले कमी हो ।

अघिल्लो आर्थिक बर्षको साउनदेखि मंसिर सम्ममा १ हजार ६ सय भन्दा बढी सवारी साधनहरु दुर्घटनामा परेका थिए भने २ सय १९ जनाले ज्यान गुमाएका थिए । पछिल्ला केही समय यतादेखि दुर्घटना न्यूनिकरणमा जोड दिँदै प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले ट्राफिक व्यवस्थापन थप शसक्त बनाउदै लगेको छ ।

मादक पदार्थ सेवन गरेर तिब्र गतिमा सवारी साधन चलाउने सवारी चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक गर्ने विराटनगर क्षेत्रमा रहेका डिभाइडरहरुलाई एकै ठाउँ ल्याएर निश्चित दूरी मापन गरी खुलाइएको साथै ट्राफिक व्यवस्थनमा चुनौति बनेको तीनचक्के सिटी सफारी अझै व्यवस्थापन गर्ने पक्षमा ट्राफिक प्रहरी लागि परेको् प्रदेश १ ट्राफिक प्रहरीको दाबी छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख महतोले प्रत्येक बर्ष ८० प्रतिशत भन्दा बढी दुर्घटना भइरहेकोमा अहिले घटेको दाबी गरे । त्यस्तै अहिले मुख्य राजमार्गहरुमा छरिएका डिभाइडरहरुलाई एकै ठाउँ समेटिएर राख्ने र निश्चित स्थानमा मात्र खुल्ला गरिएको छ । त्यस्तै बढ्दो दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले अहिले ठाउँ ठाउँमा चेकिङलाई कडाई गरिनुका साथै सवारी साधनको गति नियन्त्रण गर्नका लागि राडर गर्नको प्रयोग गर्ने गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved