शैक्षिक गुणस्तर सुधारमा उपकुलपतिको जोड

  • पुस २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षाक्षेत्र थिलथिलो भएको बताउदै शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक भएको बताएका छन् ।

विश्वविद्यालयको २९ औं स्थापना दिवसका अबसरमा उपकुलपति कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिएका हुन् । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपति कोइरालाको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभुषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशिल हुन शुभकामना दिए ।

विश्वविद्यालय स्थापना दिवसका अवसरमा विश्वविद्यालयले ९ जना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभुषित गरेको छ । दीर्घ सेवा पदकबाट विभुषित हुनेहरूमा प्रा. मोहनबहादुर बस्नेत, सह प्राध्यापकहरू बोधहरी आचार्य, डा. रमेश वावु काफ्ले, डा. धर्मेन्द्रकुमार सिंह, बालेन्दु हमाल ठकुरी रहेका छन् । यसैगरि उप प्राध्यापकहरू दिनेशराज सुवेदी, डा. दिलिपकुमार भगत, डा. निरजकुमार मिश्र र रामनारायण विच्छा दीर्घसेवा पदकबाट विभुषित भएका छन् ।

यसैगरि कर्मचारी तर्फ सुकेश कर्ण, धिरेन्द्र कुमार मल्लिक, रमेशप्रसाद अधिकारी, अञ्जना शर्मा, लक्ष्मी कार्की खड्का, दिपकराज कार्की, नारायणप्रसाद पोखरेल, उर्मिला श्रेष्ठ, राजकुमार सापकोटा, लक्ष्मी पोखरेल होमनाथ निरौला, सुजित प्रधान, हरिप्रसाद सुवेदी, प्रल्हाद अधिकारी, भेषराज घिमिरे, सीताराम शर्मा, प्रकाश भुजेल, विगारू राजवंशी, नवकुमारी भण्डारी र जयकृष्ण अधिकारी विभुषित भएका छन् । विश्वविद्यालयले २० वर्ष सेवा अवधि पूरा गरेका प्राध्यापक कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभुषित गर्दै आएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved