धरान मेघा कलेजले मेयर कप च्याम्पियन विद्यार्थीलाई सम्मान

  • पुस २०, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

 विजपुर /धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताका विजेता खेलाडि तथा प्रशिक्षकलाई मंगलवार सम्मान गरेको छ।विजेता खेलाडि तथा प्रशिक्षक हरुलाई कलेजका विद्यार्थी र शिक्षक शिक्षिकाहरु माझ खदा र अविर लगाएर सम्मान गर्दै विजेता ट्रफि प्रधान गरिएको थियो ।

धरान उपमहानगरपालिकाको आयोजनामा पौष ७ देखि १८ गते सम्म सम्पन्न मावि स्तरिय मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा धरान मेघा हिमालयन कलेजले माउन्ट हर्मनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि माथी कव्जा जमाएको थियो । धरान मेघा कलेजका पवन तामाङ्ग प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याचभएका थिए ।

त्यसैगरि राजिव खड्का उत्कृष्ट गोलकिपर, अंकित थापाले प्रतियोगिताभरी ७ गोल गर्दै हाइ स्कोरर र सुगम जिमिले टिम क्याप्टेनले प्रतियोगिताको उत्कृष्ट खेलाडिको उपाधि जित्न सफल भएका थिए । सम्पुर्ण खेलाडिलाई कार्यक्रममा ट्रफि प्रधान गरेर समान गरिएको छ।

धरान मेघा कलेजको प्रागणमा सम्पन्न कार्यक्रममा विजेता खेलाडिहरु र प्रशिक्षकलाई कलेजका अध्यक्ष कैलाश लिम्वु, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका साइन्स कोअर्डिनेटर जिवन न्यौपाने, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम लगायतले खदा र अविर लगाई सम्मान गरेका थिए । प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका ३६ वटा विद्यालयले सहभागिता जनाएको थियो ।

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved