नन्दकुमारी चापागाईं स्मृति छात्रावृत्ति प्रदान

  • पुस १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराट धर्मशास्त्र संग्राहलय एवं पुस्तकालयले सामुदायिक विद्यालयका छात्रालाई पुरस्कृत गरेको छ ।

पुस्तकालयको वार्षिक साधारणसभा तथा समाजसेवी लेखनाथ चापागाईंको ९७ औं जन्मजयन्तीको अवसर पारेर सोमबार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने दुईजना छात्रालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ५ हजार नगद राशिको नन्दकुमारी चापागाईं स्मृति छात्रवृत्ति पोखरिया उच्च माविमा अध्ययनरत सविया सहनी र गोग्राह माविमा अध्ययनरत नेहा उराँवलाई प्रदान गरिएको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंलगायतले नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

सो अवसरमा मेयर कोइरालाले विराट धर्मशास्त्र संग्राहलयको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका गम्भीर रहेको बताएका छन् । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, समाजसेवी माधवप्रसाद अत्रि, साहित्यकार दिङ्लाली कान्छो, प्रतिमा निरौला, पुरुषोत्तम न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पुस्तकालयले हरेक दुई वर्षमा ५० हजार राशिको लेखनाथ चापागाईं स्मृति पुरस्कारसमेत वितरण गर्दै आएको छ ।

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved