चिरन्जीवी सहकारीमा अर्बको कारोबार

  • पुस १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान–१३ स्थित चिरन्जीवी वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ ।
संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरिएको छ ।
संस्थाले २४ लाख ३८ हजार १ सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएका छन् ।
साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए ।

chiranjibi-sahakari-pic

काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोमा पर्दा लौरो खोसिदिने वैंक प्रवृति नभएको वताउदै साना साना छरिएर रहेको पूँजीलाई संगठित हुर्दैै वनेको वित्तिय संस्था भएको वताए ।
उनले कोभिडको माहामारीमा पनि सहकारीले वचतकर्ता र शेयर सदस्यहरुलाई कारोवारमा कुनै समस्या हुन नदिएको भन्दै प्रसंशा गरेका थिए ।

सहकारी विधि अनुसार सञ्चालन भएको खण्डमा कुनै समस्यामा नपर्ने दावी समेत गरेका थिए । उनले वडा समितिसंग सहकार्य गर्न चाहेको खण्डमा आफूहरु सहकार्य गरेर काम गर्न तप्पर रहेको वताएका थिए ।

उनले कोभिडको माहामारी देखि अन्य वडाका कामहरुमा समेत चिरन्जीवि सहकारीसंग सहकार्य गरेर काम गरेको स्मरण गर्र्दै फेरीपनि सहकार्य गरेर अघि वढन चाहेको वताएका थिए ।कार्यक्रममा बोल्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईले चिरन्जीवि सहकारीले वित्तीय क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

संस्थासंग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको वताउदै सामाजिक कार्यमा आफूहरु पनि सहभागी हुने उल्लेख गरेका थिए । पत्रकार महासंघका सल्लाहकार सन्तोष काफ्लेले संस्थाले गरेको आर्थिक तथा सामाजिक कामको प्रसंशा गरेका थिए । त्यसैगरी पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठले सहकारी क्षेत्रले समाजमा गरेको योगदानको चर्चा गरेका थिए ।

कोशीपत्रकर्मी सम्मानित

चिरन्जीवी वचत तथा ऋण सहकारी संस्था लि. ले ११ औं वार्षिक साधारण सभामा पत्रकारीता मार्फत समाजका योगदान गरेको भन्दै कोशपत्र दैनिकमा कार्यकारी सम्पादक गोविन्द वस्नेतलाई सम्मान गरेको छ ।

बस्नेतलाई संस्थाले नगद १० हजार सहित प्रमाण पत्र र खदा लगाएर सम्मान गरीएको हो । वस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि नेत्रप्रसाद काफ्लेले प्रमाण र खदा लगाएर सम्मान गरेका थिए ।
वस्नेत नेपाल पत्रकार महासंघका प्रदेश सभाषद हुन् भने सुनसरी शाखाका पूर्व कोषाध्यक्ष समेत हुन् ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved