विजयपुर / पूर्वमा रहेको पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाले यो वर्ष निकै राम्रो बजार भाउ पाएको छ । सुन्तलाको मूल्य वृद्धिसँगै गत वर्ष औसत १ सय १० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष औसत १ सय २५ रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ ।
पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने सुन्तला धरानस्थित कृषि बजारबाट दैनिक ४५ देखि ५५ मेट्रीक टन कारोबार भइरहेको छ ।
गत आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा १ हजार ५ सय ५० मेट्रीक टन (औसत १७ करोड रुपैयाँ बराबर) को कारोबार भएको सुन्तला चालू आर्थिक वर्षदेखि हालसम्मको औसत प्रति केजी १ सय १० रुपैयाँले बृद्धि भएको छ । १ हजार ६ सय ८० मेट्रीक टनको (करिब २१ करोडको कारोबार) भएको छ ।
धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार कार्तिकबाट सुरु भएको सुन्तलाको कारोबार चैतको पहिलो सातासम्म हुने गर्छ । सुन्तलाको मुख्य सिजन पुस र माघ महिना रहेको बताए छन । यस वर्षको सुन्तला गत वर्षकै हाराहारीमा करिब ५ हजार ५ सय मेट्रीक टन , ६८ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
धरानस्थित कृषि बजारबाट प्रदेश १ का सहरहरु इटहरी, विराटनगर, मोरङ , उर्मिलाबारी, दमक, विर्तामोड जाने गरेको छ भने मधेस प्रदेशका राजविराज, लहान, जनकपुर लगायतका सहरमा जाने गरेको छ ।
कोसी करिडोरमा पर्ने धनकुटा जिल्लाका बुधुक, बोधे, खोकुका साथै भोजपुर, तेह्रथुम, खोटाङ, सङ्खुवासभा जिल्लाबाट दैनिकी रुपमा सुन्तला आउने गरेको छ ।
कृषि बजार व्यवस्थापक भट्टराईका अनुसार कहिलेकाही गोर्खा र कास्की जिल्लाका सुन्तला समेत आउने गरेको बताएका छन ।
कृषकहरुको सिधा सम्पर्कमा आउने सुन्तला हाल व्यावसायिक एजेन्टमार्फत आउने गरेको छ । बोटमै पुगेर व्यापारीहरुले ठेक्का लिने भएकाले दैनिक ३० गाडीभन्दा बढी व्यापारीमार्फत सुन्तला आउने गरेको मुख्य व्यवसायी टिकाराम श्रेष्ठ बताउँछन् । स्वादका दृष्टिले धनकुटाको खोकु क्षेत्रका सुन्तला राम्रो मानिन्छ गरेको धेरै रुचाउने गरेको समेत उनले बताए