बजेट र भौतिक संरचनाले सुधार हुँदैन

  • पुस १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ  / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राखेका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई) ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियामा बोल्दिै मेयर कोइरालाले शिक्षाको गुणस्तर वृद्धिका दक्ष र अनुभवी शिक्षक तथा कुशल व्यवस्थापक जरुरी रहेको बताए । उनले शिक्षाको गुणस्तर वृद्धिका लागि दक्ष शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक पनि गम्भीर हुनुपर्नेमा जोड दिए ।

शैक्षिक गुणस्तर वृद्धिमा महानगरले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा, बुद्धिजीवी दिनेश श्रेष्ठ, शिक्षासेवी वुदु खतिवडा, खेमराज भट्टराई, त्रिलोक न्यौपाने, आयोजक संस्थाका संयोजक विनोद भण्डारीलगायतले महानगरको शैक्षिक सुधारका लागि आ–आफ्ना सुझाव दिएका थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved