विराट एक्स्पो मंसिर २९ देखि

  • मंसिर १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ उद्योग सङ्गठन मोरङको आयोजनामा ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को आयोजना गर्ने भएको छ ।
प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरि सातौं संस्करणको विराट एक्स्पो गर्न लागिएको जनाएको छ । विराट एक्स्पो एक औद्योगिक एक्स्पो हो ।

एक्स्पोमा उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवको आदान–प्रदान, उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु¥याउने लक्ष्य लिएको विराट स्क्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी व्यवस्थापन मुल समितीका संयोजक भोलेश्वर दुलालले बताए । उनले भने, ‘कृषि–उत्पादनको व्यवसायीकरण गर्न एक्स्पोको अहम् भूमिका हुने कुरामा हामी विश्वस्त छौँ, यसबाहेक यसबाट पर्याप्त रूपमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार हुने र आन्तरिक पर्यटनको प्रवद्र्धन हुने छ, एक्स्पोबाट नवप्रवद्र्धकहरूको व्यावसायिक विकासमा सहयोग पुग्नुका साथै स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठुलो योगदान पुग्नेछ ।’ उनका अनुसार आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल गरेर अनुभवको आदान–प्रदान गर्न दैनिक रूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनारहरूको आयोजना गरिनेछ ।

एक्स्पोमा प्रदेश नम्बर १ मा लगानीका सम्भावित क्षेत्रहरूको लगानी पेभिलियन, नवउद्यमीहरूको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम–रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको व्यवस्थापन गरिएको उनको भनाई छ ।

एक्स्पोमा ३ सय ६१ वटा स्टल रहने भएको छ । पर्यटन पेभिलियन ६ वटा, लगानी पेभिलियन ६ वटा, श्रम–रोजगार तथा सीप पेभिलियन १५ वटा, स्टार्टअप पेभिलियन २५ वटा रहने छन् भने प्रायोजक स्टल १० वटा, उद्योग संगठन मोरङ कार्यसमिति परिसरमा ३४ वटा स्टल, औद्योगिक कर्पोरेट तथा डिस्प्ले प्रोडक्टको ७५ वटा स्टल, औद्योगिक (कन्जुमर प्रोडक्ट)को ७५ वटा स्टल, विराट व्यापार संघद्धारा प्रवद्र्धित ४० वटा स्टल समेत रहने भएको छ । कृषि तथा साना घरेलु एवम् सूचनामूलक (वस्तु तथा सेवा)को ७५ वटा स्टल लगायत रहने भएको छ । एक्स्पोमा प्रत्येक दिन स्थानीय परिकारहरुको प्रस्तुती, परम्परागत सिपको लाईभ प्रस्तुति, सेन्ट्रल डिजिटल डिस्प्ले, थिमेटिक सेसन तथा सेमिनार, थिमेटिक फेसन शो, विराट एक्स्पो सिङगिङ आइडल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमहरु संचालन हुने भएको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved