कार्तिक २५ गते केपी ओली धरान आउँदै

  • कार्तिक २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्वीर

धरान/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार धरानमा कार्यकर्ताहरुसँग भेटघाट गर्नु हुने भएको छ । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।

धरान–१२ स्थित गीता मन्दिरमा हुने प्रशिक्षण कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल निर्वाचन परिचालन समितिका संयोजक मीन सुब्बाले जानकारी दिनु भयो ।

अध्यक्ष ओलीले पार्टीको चुनावी रणनीति र एमालेको नेतृत्वको अवश्यकताबारे प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको छ । संयोजक सुब्बाले बताउँनु भयो । अध्यक्ष ओलीले एमालेको पक्षमा माहौल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनु हुने पार्टी श्रोतले जनाएको छ । सुनसरी क्षेत्र नं. १ एमाले–जसपाको तालमेल रहेको छ । सूर्य चिन्ह र छाता चिन्हमा भोट खसाउने वातावरण बनाउन अध्यक्ष ओलीले विशेष प्रशिक्षण दिनुहुने छ ।

 

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved