अधिक ब्याजदरको विरुद्ध उद्योगी: ब्याजदर घटाउन माग गर्दै आन्दोलनको घोषणा

  • कार्तिक ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ बैंकले लिएको ब्याजदर बढी भएको भन्दै उद्योगी व्यवसायीहरुले आपत्ति जनाउदै व्याजदर घटाउन माग गरेका छन् । उनीहरुले व्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
बैंकहरुले लिएको चर्को व्याजदरविरुद्ध उद्योेगी व्यवसायीहरुले गरेको छलफल पश्चात उनीहरुले चर्को व्याजदरले उद्योगी व्यवसायीहरु व्यवसाय नै गर्न नसक्ने अवस्थामा पुगेको भन्दै आन्दोलन गर्ने निष्कर्ष निकालेका हुन् ।

बैंकको ब्याजदर चर्को रुपमा बृद्धि भएपछि उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको तयारी थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले विहीबार विराटनगरमा आयोजना गरेको ब्याजदर वृद्धिसम्बन्धी अन्तरिक्रयापछि सांकेतिक आन्दोलन घोषणा गरिएको हो ।

भेलाले पहिलो चरणको आन्दोलन अन्तर्गत विराटनगरमा रहेको नेपाल राष्ट्र बैंकको कार्यालयमा ज्ञापनपत्र बुझाउने, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पठाउने र जिल्लास्थित बैंकहरुमा धर्ना दिने कार्यक्रम तय गरिएको उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकराज ढकालले बताए । उनले भने–‘लामो समय कोरोना संक्रमणका कारण व्यवसाय ठप्प भयो, जसले गर्दा उद्योगी व्यवसायी विस्थापित हुने अवस्थामा पुगे, त्यसपछि युक्रेन र रुसको युद्धले व्यवसायीलाई थप धरासायी बनायो ।’ उनले यस्तो अवस्थामा बैंकको ब्याजमा सहुलियत गर्नुपर्नेमा झन चर्को व्याज असुलेर उद्योगी तथा व्यवसायीहरुलाई थप पीडामा पारेको बताए । उनीहकरुले बैंकर्स संघ र राष्ट्रबैंकको मिलेमतोमा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने प्रयास भइरहेको भन्दै आक्रोस समेत पोखेका थिए ।

उद्योग वाणिज्य संघ उदयपुरका उपाध्यक्ष मुना कटुवालले साना तथा मझौला व्यवसायीलाई वाणिज्य बैंकहरुले चर्को ब्याज असुलेर ज्यादति गरेको दुःखसो पोखिन् । उनले भनिन्–‘ २ वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पु¥याएको छ, यो ज्यादति नभए अरु के हुन सक्छ ?’

महासंघको प्रदेश १ समितिका उपाध्यक्ष भीम पौडेलले बैंकर्स संघले गरेका हरेक निर्णयलाई राष्ट्रबैंकले पनि सहमति गरेर जाने गरेकाले साना तथा मझौला व्यवसायीहरुले दुःख पाइरहेको बताए । उनले भने–‘बैंकर्सको निर्णयलाई राष्ट्र बैंकले सुक्ष्म तरिकाले कहिल्यै हेरेन, जे निर्णय ग¥यो त्यो लागू गरिदियो, जसले गर्दा व्यवसायी मारमा परे ।’

मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले व्यवसायीको अवस्था नाजुक बन्दै गएकोले अब आन्दोलन गर्नुबाहेक अर्को विकल्प नभएको बताए । उनले भने–‘यस्तो अवस्थामा पनि महासंघले आन्दोलनका कार्यक्रम ल्याएन भने महासंघ अस्तित्व नै रहँदैन ।’

अन्तरक्रिया कार्यक्रममा झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका मोहन ढकाल, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायतले व्यवसायीहरुमाथि थोपरेको चर्को बैंकको चर्को ब्याचदरको खुलेर विरोध गरेका थिए । उनीहरुले महासंघले प्रभावकारी कार्यक्रम नल्याए जिल्ला र नगरले स्वस्फूर्त रुपमा आन्दोलनका कार्यक्रम अघि सार्दै विद्रोह गर्ने चेतावनी दिएका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायीले पहिलो चरण अन्तर्गत आफूहरुले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको बताउदै यसको बेवास्ता गरिए आन्दोलनको विकल्प नरहेको बताए । उनले भने–‘हामीले अहिले साँस्केतिक आन्दोलनमात्र गरेका छौं, हाम्रो मागलाई अवज्ञा गरे कडा आन्दोलनमा जान्छौं ।’

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved