"संवैधानिक आयोगमा मैले कार्यकर्ता भर्ती गरेको होइन" (भिडियो सहित)

  • भदौ ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप गलत भएको दाबी गरेका छन् ।
आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको समापन सत्रको ‘नीति, थिति र राजनीति’ शीर्षकमा बोल्दै अध्यक्ष ओलीले आफूले संवैधानिक आयोगमा नियुक्त भएका ५२ जना सबैलाई आफूले नचिनेको समेत दाबी गरे ।

‘मैले संवैधानिक आयोगहरूमा राजनीतिक पार्टीका क्याडरलाई भर्ती गरेको होइन, म त त्यहाँ नियुक्त भएका मान्छे चिनेको पनि होइनन् ।

अरु सरकारले जे सुकै गरे पनि ठिक हुने; मेरो नेतृत्वको सरकारले जे गरे पनि गलत हुने कसरी हुन्छ ?,’ उनले भने, ‘मेरो सरकारले ५२ जना गरेछ; त्यो रिक्त भएर त गरेको होला, कसैलाई जबरजस्ती हटाएर गरेको पनि होइन । त्यो सम्मानित सर्वोच्च अदालतले पनि बुझ्नुपर्ने कुरा हो ।’ उनले आवश्यकताको सिद्धान्तमा आधारित भएर त्यो बेला सरकारले संवैधानिक आयोगहरूमा रिक्त पदहरूमा नियुक्ति गरेको दाबी गरे । उनले आफूले ल्याएको अध्यादेशमा समेत त्यस्तै व्यवहार भएको बताए । ‘केपी ओलीको नेतृत्वको सरकारले ल्याएको अध्यादेश गलत हुने, फेरि अर्को सरकारले ल्याएको अध्यादेश गलत नहुने ? यस्तो कसरी हुन्छ ? त्यो अध्यादेश संविधानसम्मत हो कि होइन ? त्यो अध्यादेश ल्याउँदाको परिस्थिति खडा गरिएको परिस्थिति हो कि समाधान गर्न ल्याइएको हो भनेर हेरिन्छ कि हेरिँदैन ?’ उनले भने । -इकान्तिपर 

हेर्नुहोस भिडियो

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved