लिम्बुवान मञ्चको निर्वाचनको तयारी: निर्वाचन परिचालन समिति र उपसमिति गठन

  • भदौ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विगतदेखि नै पहिचानको मुद्धालाई प्राथमितामा राखेर आन्दोलन गर्दै, निर्वाचनमा होमिदै आएको संघीय लोकतान्त्रिक मञ्च, संघीय लिम्बुवान मञ्चले आगामी मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको छ ।

नेपालमा संघीयतामा गएसँगै मुलुक सात प्रदेश कायम भएको छ । तर मञ्चले भने विगतदेखि नै सबैको अस्तित्व अटाउने गरी १० + १ प्रदेशको माग गर्दै आएको छ । मञ्चले आफ्नो अस्तित्वलाई जोगाउन भएपनि निर्वाचिनमा होमिने निर्णय गरे सँगै भदौ २३ गते बसेको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको हो ।

मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमको अध्यक्षता तथा प्रदेश १ निर्वाचन परिचालन समितिको संयोजक अशोक चेम्जोङको उपस्थितिमा भुपेन्द्र सुन्दर लावतीको संयोजकत्वमा १७ सदस्यीय सुनसरी निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा गजेन्द्रमान चोङवाङ क्याक, आइन्द्रविक्रम कुरुवाङ, कुमार थेम्सुहाङा, अदत लिम्बु, अशोक हुक्पा चोङवाङ, आभाष मिया, दिलु सुब्बा, नरबहादुर लिम्बु, सरस्वती सुब्बा, बुद्ध लिम्बु, राजेन्द्र सुक्वावा, मोहन तिगेला, निर्मला सुहाङ, शानवीर लिबाङ्, धनशेर लिम्बु र पवित्रा लिम्बु रहेका छन् ।

निर्वाचन परिचालन समितिलाई व्यवस्थित गर्न उपसमिति समेत गठन गरिएको संयोजक भुपेन्द्र सुन्दर लावतीले बताए । उनका अनुसार आर्थिक उपसमिति, प्रचारप्रसार उपसमिति र व्यवस्थापन उपसमिति गठन गरिएको छ । आर्थिक उपसमितिमा राजेन्द्र सुवाभा लिम्बुको संयोजकत्वमा सात सदस्य सदस्य निर्माण गरिएको छ भने प्रचारप्रसार उपसमितिको संयोजकमा निर्मल राई, व्यवस्थापन उपसमितिको संयोजकमा तीर्थराज मादेम्बालाई तोकिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved