झापा निर्वाचन क्षेत्र १ ‘ख’ बाट प्रदेशसभामा एमालेबाट घिमिरेको दाबी

  • भदौ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापा । आगामी मंसिर ४ प्रदेश र संघीय निर्वाचनको मिति तोकिएको छ । मिति नजिकिदै जाँदा दलका नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।

यसैक्रममा क्षेत्र नं. १ ‘ख’ बाट नेकपा एमालकोे तर्फबाट प्रदेश सभाको उम्मेद्वार मा युवा नेता हरि घिमिरे समेत इच्छुक देखिएका छन् ।

उनले एमालेको राजनीतिक सगठन विस्तारदेखि देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै अब हुने प्रदेशसभा निर्वाचनमा आफू उमेद्वारको लायक भएको भन्दै पार्टी समक्ष माग राखेका छन् ।

पार्टीमा युवा पुस्ताको भूमिका अहम् भएको बताउदै उनले नेतृत्वमा पनि युवा आउनुपर्ने धारणा राखेका छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका घमिरेले देशमा प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको आन्दोलनका क्रममा जेल समेत परेका थिए । ९ कक्षा पढ्दा नै जेलनेल भोगिसकेका उनले पार्टीले युवा पुस्तालाई अघि बढाउनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले राजनीतिक यात्रा २०४६ सालभनदा अगाडि रहेको बताए । उनले नेकपा एमाले निकट युवा संघको विभिन्न पदमा बसेर जिम्मेवारी वहन गर्दै पार्टीको क्षेत्रीय कमिटीको सचिवालयसम्मको जिम्मेवारी सम्हाली सकेका छन् ।

उनी युवा संघको ७ नम्बर इलाकाको संयोजक, युवा संघको जिल्ला कमिटि सदस्य हुँदै युवा संघको जिल्ला सचिवको जिम्मेवारीमा बसेको र पार्टीको वडा कमिटि, नगर कमिटी हुँदै क्षेत्रीय कमिटीको सचिवालय सदस्यसम्मको भूमिका निर्वाह गरिसेका युवा नेता हुन् ।

शिक्षा क्षेत्रमा समेत अब्बल मानिएका घिमिरेले स्नात्तकोत्तरको अध्ययन पूरा गरिसकेका छन् । उनले नेपाली सँस्कृति र पर्यटनको विषयमा स्नाकोत्तर गरिसकेपछि त्रिदेब वहुमुखी क्याम्पसको व्यवस्थापना समितिको अध्यक्ष समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved