‘घमण्ड र उन्मादले पार्टी सकिने’

  • साउन २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेतले कुनै पनि पार्टी घमण्ड र उन्मादका कारण सकिन कति पनि समय नलाग्ने बताएका छन् । उनले पार्टी घमण्ड र उन्मादले होइन सही नीति र विचारले बन्ने स्पष्ट पारे ।

नेकपा एकीकृत समाजवादी मोरङद्वारा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टी नेतृत्व बिखलबन्द भयो कि भनेर कार्यकर्तालाई चिन्ता नगर्न पनि आग्रह गरे । पार्टी गठन भएको छोटो समयमा जे जति उपलब्धी हुनुपर्ने हो त्यो प्राप्त भएको उनको दाबी थियो । ‘पार्टी गठन भएको ६ महिनामा के गर्न सकिन्थ्यो र, त्यही पनि गएको स्थानीय तह निर्वाचनमा उल्लेखनीय मत ल्याएका छौं’ बस्नेतले भने ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विधि विधान छाडेर दम्भ र अहंकारले पार्टी सञ्चालन गर्ने प्रवृत्ति देखिएपछि एमालेबाट बिद्रोह गर्नुपरेको बताए । ‘सहकर्मीलाई निषेध गर्ने, विधि विधान मिच्ने, नीतिगत भ्रष्टचारमा लिप्त हुने प्रवृत्ति देखिएपछि विद्रोह ग¥यौं’ मन्त्री कुँवरले भने । उनले आफू पार्टीको निर्देशनअनुसार मन्त्री भएको उल्लेख गर्दै फिर्ता बोलाए हाँसीहाँसी आउने बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पोलिब्यूरो सदस्य तथा १ नम्बर प्रदेश अध्यक्ष बलदेव चौधरी, पोलिटब्यूरो सदस्य तथा प्रदेश कमिटी सचिव महेश रेग्मीलगायतको उपस्थिति थियो । कार्यक्रम पार्टीका मोरङ अध्यक्ष चन्द्रवीर राईको सभापतित्वमा सम्पन्न भएको हो ।

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

१५ वर्षीया छात्राले ...

पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स् ...

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved