‘प्रदेशको नाममा मुख्य मन्त्रीले जनतालाई भिडाउन खोजे’

  • साउन २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणका विषयमा स्पष्ट कुरा गर्न नसक्दा जनता जनताबीच भिड्ने वातावरण तयार गरेको प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईले आरोप लगाएका छन् ।

सोमबार संखुवासभाको खाँदबारीमा प्रेस चौतारी नेपाल जिल्ल कार्यसमिति संखुवासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा राईले यस्तो आरोप लगाएका हुन् । उनले भने–‘वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पूरा गर्न नसक्दा प्रदेश १ को नामकरण हुन हुन सकेन ।’

एनले मुख्यमन्त्रीले राम्रो भूमिका खेल्नै नसेका कारण जनता भिडाउने वातावरण तयार पारेको आरोप लगाए । उनले भने–‘प्रदेश सरकारले सहजीकरण गरे नेकपा एमाले छलफलका लागि तयार रहेको छ ।’

नामाकरणको लागि एमाले एकढिक्का भएकोसमेत राईले दाबी गरे । प्रदेशको नामाकरणका लागि नेपाली कांग्रेसले समेत खुट्टा कमाएको उनले बताए ।

नेकपा एमाले सहमतिका लागि कोशी, सगरमाथा, विजयपुर, सप्तकोशी, किराँतलगायतका नाममा छलफल गर्न तयार भएको उनको भनाइ छ ।

यस्तै, गठबन्धनसँग नेकपा एमाले एक्लै चुनाव लड्न सक्षम रहेको दाबी गरे । उनले भने, ‘एमाले एक्लै चुनाव लडेर नेतृत्व गर्न पनि सक्षम छ ।’

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved